• सिर्जना नेपाल

धरान / साहसिक खेल पर्यटनअन्र्तगतको जिप फ्लाइङ शुक्रबारदेखि धरानमा शुरु भएको छ । परीक्षणको रुपमा शुरुवात भएको यो साहसिक खेलको उद्घाटन प्रदेश नं १ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदीश खुसियैतले गरेका छन् ।
धरान १३, फुस्रे र धरान २० विष्णुपादुकास्थित ओशो डाँडाबाट शुरु गरिएको छ । यो तीन दिनसम्म परिक्षणका लागि संचालन गरिने भएको छ । विद्यार्थीलाई सय रुपैया र अन्यलाई २ सय रुपैया शुल्क तोकिएको छ । करिब ६० बर्षअघि कोशी ब्यारेजको लागि ढुंगा ओर्सान निर्माण गरिएको घिर्लिङको संरचनाबाट फ्लाइङ फक्स र जिप फ्लाइङ परीक्षण गरिएको वातावरण तथा प्राकृतिक स्रोत केन्द्रका अध्यक्ष आनन्द श्रेष्ठले बताए । धरानको पर्यटन विकास गर्ने उद्देश्यले वातावरण तथा प्राकृतिक स्रोत केन्द्रको संयोजनमा फ्लाइङ फक्स र जिप फ्लाइङको परीक्षण गरिएको हो ।
कसरी गरिन्छ फ्लाइङ फक्स ?
फ्लाइङ फक्स सुतेर चरा जस्तै उडेर मजा लिने खेल हो । जिप फ्लाइङ भने बसेर गरिन्छ । त्यसअघि जीप फ्लाइङ गरेको थिएँ । यो बाँधेको तारमा बेल्टको भरमा उकालोबाट ओरालो झर्ने खेल हो । यसका लागि पोलहरु गाडेर तार बाँधिएको छ, जसमा झुण्डिएर झर्दा केही खतरा लागेपनि निकै मज्जा आउँछ । यसमा स्वर्गीय आनन्द अनुभव हुन्छ । बेल्ट बाँधेर झर्नुपर्ने गन्तव्यतर्फ हेर्दा ठाडो ओरालो देखेर केही डर लागेपनि झर्न थालेपछि बीचमा देखिने दृष्यहरुले अघिको डर सबै बिर्साइदिन्छ । तल पुगेर आफू आएको ठाउँ हेर्दा अर्कै आनन्द । यट्कठतो खेल पोखराको साराङकोटमा छ । धरानमा पहिलो पटक परिक्षण गरिएको हो । सय मिटर उचाईबाट टुचिङ तारको मद्दतले १ सय ५० मिटर दुरीमा झर्ने व्यवस्था गरिएको छ । स्काउटमा फ्लाइङ फक्स र जिप फ्लाइङ नियमितरुपमा तालिम दिइएको हुन्छ । तस्विर गाेपाल कामतकाे फेसबुकबाट

https://youtu.be/ZhFRBYyOQq4

gopal1