धरान / एम्स एकेडेमी धरानको कक्षा १२ मा पढ्दै गरेकी प्रतिमा राई कक्षा नर्सरीदेखि १२ कक्षासम्म ज्ञान नपाएको सीम यति बेला सिक्दैछिन् । पढाईमा पनि राम्रै दखल राख्ने प्रतिमा गत १५ दिनदेखि सामुहिक रुपमा व्यत्तित्व, नेतृत्व, जीवन जीउने कला सिक्दैछिन् । कितावी ज्ञान भन्दा निकै व्यवहारिक शिक्षा सिक्न पाएकोमा उनी खुशी छिन् । भविष्यमा आत्मनिर्भर भएर बाच्ने चाहना राख्ने प्रतिमा १५ दिनको सिकाईले सामाजिक व्यक्ति बन्न सकेको बताउछिन् ।
यस्तै धरान आदर्श कलेजमा कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्दै आएकी सुमी चौधरी पनि भीडमा कसरी आफु प्रस्तुत हुने भन्ने कला सिक्न पाएकोमा मख्ख छिन् । आफुसँग भएको ज्ञानको भण्डार मासमा बाढ्न निकै हम्मे पथ्र्यो ।’–धरान फिटनेस क्लव अमानबजारमा जीवन जिउने कलाबारे ज्ञान आर्जन गर्दै भेटिएकी चौधरीले भनिन–‘सानातिर तर जीवनमा उपयोगि कुरा सिक्न पाए ।’
प्रतिमा र सुमीजस्तै धरान, इटहरी, विराटनगर, धनकुटालगायतका २४ जना स्कुले किशोरीहरु जीवन जीउने कला सिकि रहेका छन् । यो अवसर विग इभेन्ट नेपालले जराईदिएको हो । आगामी असोज १३ गते हुने मिस प्लस टु दोस्रो सिजनको फाईनलका लागि तयारी गर्न उक मिहना बन्द प्रशिक्षणमा यि सुन्दरीहरुले यसतो कला सिक्ने मौका पाएका हुन । उनीहरुलाई मिस प्लस टु सुन्दरी हुने भन्दा पनि प्रशिक्षणका क्रममा व्यवाहारिक शिक्षा आर्जन गर्न पाएकोमा खुशी छन् ।
आयोजकले प्लस टुमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदानको लागि एक महिना बन्द प्रशिक्षण गरेर अनितम प्रतिस्पर्धा गराउने विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राईले बताए । अडिसनमा छनौट भइ सहभागि जनाएका २४ जना छात्रा विद्यार्थीहरुलाई उनिहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न विषयमा प्रशिक्षण गराइरहेको प्रचार संयोजक विकास चाम्लिङ राईले जानकारी दिए ।
मिस प्लस टुको वीनर हुने भन्दा पनि यसबाट जीवन जीउने कला सिक्न पाएको धरान उच्चमाविमा कक्षा ११ मा होटल मेनेजमेन्ट पसुविना अधिकारीले बताईन । ‘हारजित पछिको कुरा हो तर यति शिक्षाले आफनो करियर विकासका लागि ठूलो सहयोग गरेको छ ।’–अधिकारीले भनिन ।
उनीहरुले महिला अधिकार, घरेलु हिंसा,जातिय विभेद, उदघोषकला, व्यक्तित्व विकास, सौदर्यकलालगायत विषयमा प्रशिक्षण पाएका छन् । विग इभेन्टले प्लस टुमा अध्ययनरत छात्राहरुको क्षमता विकासलागि सौन्दर्य प्रतियोगिता गर्दै आएको छ । Photo by Bikash Chamling Rai

IMG_0046