धरान / विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु दोस्रो सिजनको मंगलवार वुढासुव्वा डेन्टल मिस व्युटिफुल चरण संपन्न भएको छ । अमान वजारस्थित धरान फिटनेस क्लवको हलमा आयोजना भएको मिस व्युटिफुल अवार्डमा २३ प्रतिस्पर्धि छात्राहरुले सहभागिता जनाएका थिए । वुढासुव्वा मिस व्युटिफुल अवार्डका लागि निर्णायकको रुपमा विपि कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डर्मालोजि असिस्टेन्ट प्रोफेसर डा. प्रज्वल पाण्डे, पूर्व मिस कोशी तथा सुनसरी वडिविल्डिङ्ग संघका कोषाध्यक्ष कृति श्रेष्ठ, कार्यक्रमका अफिसियल व्युटि सेलुन रेड कार्पेटका हेयर डिजाइनर सन्तोष ठाकुर र वुढासुव्वा डेन्टलका डा. कश्मिरा पोखे्रल रहेका थिए । निर्णायकहरुले सहभागिहरुको छाला, दात, कपाल, फिटनेस र उनिहरुको प्रस्तुति निरिक्षणको आधारमा मिस व्युटिफुलको अवार्डको विजेता निर्धारण गर्नेछ ।
प्लस टुमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्ने उद्धेश्यले विग इभेन्ट नेपालद्धारा आयोजित कार्यक्रममा २४ जना विद्यार्थीहरुले सहभागिता जनाएको प्रचार संयोजक विकास चाम्लिङ राईले जानकारी दिए । उनीहरुको क्षमता अभिवृद्धिका लागि महिला अधिकार र हिंसा सम्वन्धि, जातिय विभेद सम्वन्धि, उदघोषकला र व्यक्तित्व विकास तालिम, फोटो सुट, सौदर्यकला तालिम, लैंगिक विभेद, धरान उपमहानगरपालिकाको सहयोगमा पर्यटन पवद्र्धन कक्षा, टेवल शिष्टचार साथै धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीको उपस्थितीमा अन्तरक्रिया कार्यक्रमसमेत संपन्न भइसकेको कार्यक्रमका कोरियोग्राफर डिजे ललित राईले जनाकारी गराए । वुढासुव्वा डेन्टल मिस व्युटिफुल अवार्डको नतिजा कार्यक्रमको ग्राण्ड फिनाले असोज १३ गते शनिवारको दिन घोषणा गरिनेछ । कार्यक्रम धरान ८ स्थित सभागृहमा हुनेछ ।
तस्विरः विकास चाम्लिङ राई




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!