धरान / करिब अढाई दशक अघि स्थापना भएको निक्कै नै चर्चित पोखरेली ब्याण्ड कन्दरा आगामी असोज १२ गते देखि पूर्वको तीन मुख्य सहरहरुमा आफ्नो सांगीतिक कार्यकर्म लिएर आउदैछन् । असोज १२ गते शुक्रबार दमकमा निर्माणाधीन रहेको हाम्रो बाल आश्रम निर्माणमा सहयोग पुर्याउने अभिप्रायले दमक स्थित सरस्वती माबीको मैदानमा कन्दरा लाइभ इन कन्सर्ट (दमक आयोजना हुदैछ भने असोज १३ गते शनिबार बिर्तामोड को टावर टेम्पल स्कुलको मैदानमा भान्जा इन्टरटेनमेन्ट को आयोजना कन्दरा लाइभ इन कन्सर्ट (बिर्तामोड आयोजना हुदैछ । दुवै सहरमा पहिलो पल्ट प्रस्तुति दिन लागेको कन्दरा ब्यान्डले आगामी असोज १५ गते सोमबार १९ बर्षको अन्तरालमा धरानमा हुने कन्दरा लाइभ इन कन्सर्ट (धरानमा आफ्नो प्रस्तुति दिने भएका छन् । लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी त्यो गाउँमा ’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छीको ’ बिस्वासको दियो , बिदिसिएर गईन उनि जस्ता थुप्रै चर्चित गीतहरु गाएको कन्दरा ब्याण्ड लामो समयको ग्याप पछि पुन सांगीतिक क्षेत्रमा अहिले निक्कै सक्रिय छन् । गत बर्ष पनि उर्लाबारी र इनरुवामा प्रस्तुति दिन आएको कन्दरा ब्याण्ड अहिलेको पुर्व टुर बाट एकदमै उत्साहित रहेको मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बताउछन् । दमक र बिर्तामोड मा पहिलो पल्ट र धरानमा १९ बर्षको अन्तरालमा कार्यकर्म गर्न आउदैछौ , दर्शक स्रोताहरुको राम्रो साथ पाउने आशा कन्दराका बिबेक श्रेष्ठ बताउछन् । सिल्भर इन्टरटेनमेन्टको व्यस्थापन र नेपाल आइस नेचुरा बियरको प्रायोजनमा कन्दरा लाइभ इन कन्सर्ट आयोजना हुन लागेको हो ।