धरान/ अंग्रेजी नयाँ बर्ष २०१८ को पुर्व सन्ध्या अर्थात् डीसेम्बर ३१ तारिख को न्यु यर इभ मनाउन राई इज किंग अर्थात् राजेश पायल राई पूर्वको केन्द्र मानिने इटहरी उपमहानगरपालिकामा आउने भएका छन् । गत बर्षको  न्यु यर इभ कन्सर्ट २०१७ धरानमा भव्यरुपमा सम्पन्न गरेको सिल्भर इन्टरटेनमेन्टले यो बर्षको  न्यु यर इभ इटहरीको जनता माविको मैदानमा आयोजना गर्न लागेको हो  । मेगास्टार राजेशपायल राई हंगकंगको कार्यक्रम लगतै पौष १५ गते पाँचथरको कन्सर्ट सकेर पौष १६  गते इटहरीमा नेपालआइस न्यु यर इभ कन्सर्ट २०१८ को लागि आउनेछन्। जनवरी १ तारिख , पौष १७   गते उनि भेडेटारको चीसोलाई तताउन भेडेटार फुड फेस्टिभलमा आउने छन्   । नेपालआइस बियरको मुख्य प्रायोजनमा हुने  कन्सर्टमा उनले मैले मायाले दिएका , उकालीमा जाँदा जाँदा , मत मर्छु कि क्या हो ठुली , दर्शन नमस्तेलगायतका नया चर्चित गीतहरु  संगै दर्जनौ आफ्ना चर्चित गीतहरु इटहरीका दर्शकहरुको रोजाईमा गाएर बर्ष २०१७ लाई बिदाई गर्दै  नयाँ बर्ष २०१८ लाई स्वागत गर्नेछन ।

भब्य तामझामका साथ् व्यवस्थित साउण्ड तथा लाइट सिस्टमका साथ् आयोजना हुने कन्सर्टमा मेगा स्टार राजेशपायल राई संगै अहिले  निक्कै चर्चामा आउदै गरेका गायक डिल्ली फोम्बो , गायक बबिन लिम्बु , गायिका अन्जु गौतम र कभर गायनमा चर्चामा आएका गायक पल लिम्बुको प्रस्तुति रहने संयोजक भुतपुर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामांगले बताउनुभयो । अग्रिम टिकट रु १०० रहेको नेपालआइस न्यु यर इभ कन्सर्ट २०१८को गेट टिकट भने रु २०० राखिएको छ ।