धरान / विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु दोस्रो सिजनको शनिवार सिओन मिस ट्यालेन्ट चरण संपन्न भएको छ । धरान १६ स्थित सिओन स्कुलको प्रागणमा आयोजना भएको ट्यालेन्ट चरणमा सहभागि २४ जनाले आफ्नो प्रतिभा प्रस्तुत गरेकि थिइन । उनीहरुले नृत्य, गायन र भाषण कला मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेकि थिइन ।

प्रस्तुतिको आधारमा मिस प्लस ट दोस्रो सिजनका सिओन मिस ट्यालेन्ट उपाधि विजेता छनौट हुने कार्यक्रमका प्रचार संयोजक विकास चाम्लिङले जनाए । ट्यालेन्ट चरणमा निर्णायकको भुमिकामा कार्यक्रमका प्रमुख अतिथी समेत रहेका व्लाष्ट टाइम्स दैनिकका सम्पादक किशोरकुमार कार्की, उपप्रध्यापक  किशोर थुलुड्ड, हाम्रो डान्स सेन्टरका नृत्य निर्देशक दिवस श्रेष्ठ रहेका थिए । प्लस टुमा अध्यनरत विद्यार्थीहरुलाई लक्षित गरि उनिहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदानको लागि कार्यक्रमको आयोजना गरिएको आयोजक विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राईले बताए ।

अडिसनमा छनौट भइ सहभागि जनाएका २४ जना छात्रालाई उनिहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न विषयमा प्रशिक्षण गराइरहेको अध्यक्ष राइले जनाए । सहभागिहरुलाई महिला अधिकार र हिंसा सम्वन्धि महिला संजाल, धरानका अध्यक्ष सविता राई, जातिय विभेद सम्वन्धि दलित अधिकार अभियन्ता विनोद लोहार, उदघोषकला र व्यक्तित्व विकास तालिम विग इभेन्ट नेपालका डाइरेक्टर द्रोपध्वज राई, फोटो सुट, सौदर्यकला तालिम कार्यक्रमका अफिसियल व्युटि स्टुडियो रेडकार्पेटले प्रशिक्षण दिइसकेको छ ।

धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी संग अन्तरक्रिया कार्यक्रम संपन्न भइसकेको कार्यक्रमका कोरियोग्राफर डिजे ललित राईले जनाकारी गराए । उनिहरुको क्षमता विकासका लागि पर्यटन पवद्र्धन तथा अवलोकन, टेवल शिष्टचार, लैंगिक विभेद लगायत कक्षा दिइने पनि कोरियोग्राफर राईले जनाए ।सिओन मिस ट्यालेन्ट चरण कार्यक्रममा मिस प्लस टु पहिलो सिजनका फस्ट रनरअप विलम राई, पुर्व मिस कोशि तथा धरान फिटनेस क्लवका प्रो. कृति श्रेष्ठ, सिओन स्कुलका डाइरेक्टर खड्कवहादुर मगर, किरात राई पत्रकार संघ, सुनसरी सचिव शिसिर राई, डिएफसि मिस तिज २०७५ विजेता रोजि ताम्रकार, रेड कार्पेट व्युटि स्टुडियोका मानवहादुर मगर, वुमन वर्थ गु्रपका अध्यक्ष सुजाता श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको ग्राण्ड फिनाले असोज १३ गते शनिवार धरान ८ स्थित सभागृहमा हुनेछ ।
तस्विरः विकास चाम्लिङ राई