मैले परिवार र गुरुसँग खुशी बाढ्न पाईन
शुभ खवरले निश्चय पनि सुखद अनुभव दिनु पर्छ र दिन्छ । तर सम्पूर्ण परिवार पूर्ण भएर खुशी हुन नपाएको अवस्था रहयो । मैले जीवनमा भौतिक रुपमा मेरो दाजु, वुवा, भाउजुलगायत गुमाई सके । जसले लेखनमा समेत प्रेरणा दिनु भएको थियो । साहित्यका गुरु दाहाल यज्ञनिदी दाहाललाई समेत मेरा खुशी सुनाउन पाईन । ‘योगमाया’बाट मदन पुरस्कार पाउदा हर्षका आशु झारदा झार्दै म निराश पनि छु । जसले मलाई लेख्न सधै प्रेरणा दियो उनीहरु नै छैनन् । यो खुशी मैले बाढ्न पाईन । अपसोच छ ।
योगमाया को हुन ?
योगमाया एक ऐतिहासिक उपन्यास हो । यो जनताको जिउदो इतिहास हो । करिब एक शताब्दीपहिले नेपालको सामाजिक सुधारको आन्दोलनको नेतृत्व नेपालको पूर्वी पहाडको ग्रामीण इलाकामा पर्ने नदीकिनारबाट एक विद्रोही महिलाले गरेकी थिइन् । उनले १९७० सालदेखि करिब २८ वर्ष पूर्वी नेपाल र काठमाडौँमा तत्कालीन राणा सरकारमा समेत ठूलै हलचल ल्याएकी थिइन् । उनको नाम थियो योगमाया न्यौपाने ।
१९७० सालको दशकमा भोजपुरको मजुवाबेंसीको ब्राह्मण परिवारमा जन्मेकी योगमायाको तत्कालीन सामाजिक प्रचलनअनुसार बाल्यकालमै विवाह भएको थियो । उनको बालविवाह पछिको जीवन सन्तोषजनक हुन सकेन । बाल बुहार्तन सहन नसकेर माइतीमा फर्केर जाँदासमेत उनले शान्तिपूर्वक जीवन निर्वाह गर्न पाइनन् । यसरी माइतीघरमा आफ्नै आमाबुवाले समेत सहज रूपमा स्वीकार गर्न नसकेको र सामाजिक उपेक्षा पाएका कारण उनमा तत्कालीन सामाजिक बेथिति र छोरीहरूमाथिको असमान व्यवहारका विरुद्ध विद्रोहको बीजारोपण भयो । सामाजिक तथा पारिवारिक होचो–अर्घेलो सहँदै माइतीको शरणमा बसेकी योगमायाले युवावस्थामा पुगेपछि आफ्नै खुसीले विवाह गरेर केही वर्ष भारतको असमको फूलबारी आसपासको क्षेत्रमा गएर बिताइन् र पुनः आफ्नै जन्मथलो फर्केर आइन् । तर फेरि पनि तत्कालीन समाजले उनलाई सम्मानजनक रूपमा स्वीकार गरेन । योगमाया पनि आफ्नो जीवनका समस्या समाधानका लागि मुखर हुन थालिन जुन तत्कालीन समाजका अन्धपरम्परा र यथास्थितिका विरुद्ध जागरणको बिगुल थियो ।
आफ्नो पहलको सर्वस्वीकार्यताका लागि उनले आफूलाई बिस्तारै धार्मिक चरित्रमा ढाल्दै लागिन् । स्थानीय महिला, दलित र उपेक्षित समुदायमा उनी माता अर्थात् ठूली हजुर वा शक्तिमाताका नामले चिनिन थालिन् । उनले कठिन योगसाधना गर्न थालिन, सामाजिक बेथिति, कुसंस्कार र अन्धपरम्पराका विरुद्ध धाराप्रवाह प्रवचन दिन थालिन् ।
उनले जे विषयमा प्रवचन दिइन् र सरकारसँग पनि जेजस्ता माग राखिन, ती धार्मिक थिएनन् । तर, यसका लागि उनले आफ्नो छवि धार्मिक–आध्यात्मिक नबनाएको भए उनले र उनका अनुयायीहरूले तत्कालीन सरकारबाट ठूलो क्षति बेहोर्नुपथ्र्यो । यद्यपि योगमायाको आन्दोलन अकण्टक चल्न सकेन, आफ्नै कारणले उनीहरूले भयंकर क्षतिलाई आत्मसात् गर्नुपर्रुयो । तर यो पनि राज्यसँगको विद्रोह नै थियो, शान्तिपूर्ण विद्रोह । राज्यले दबाउन नसकेको एउटा सत्याग्रहको दुस्खद अवसान भएको थियो ।
यही योगमायाको इतिहासलाई मैले उजागार गर्न खोजेकी छु ।
योगमाया लेख्ने प्रेरणाको श्रोत दाहाल यज्ञनिधी
मेरो चिरहरण उपन्यास पद्यश्री पुरस्कारबाट विभुषित भएकै दिन मेरा गुरु दाहाल यज्ञनिधीले एक उच्च विश्वासका साथ ‘योगमाया’को बारेमा अध्ययन अनुसन्धान गरि किताव लेख्नु भनी मलाई हौसला दिनु भयो । गुरुको सल्लाहा अनुसार उनीको इतिहास खोजी गरि किताव लेखे । उहाँले भनेको अ¥याएको काम गरे पनि त्यो कामबाट पाएको उपलब्दी सुनाउन पाईन ।
उपन्यास लेख्दाको चुनौती
मैले यो उपन्यास लेख्दा निकै चुनौती खेपेको छु । १९२४ सालदेखिका तथ्य संकलन गर्न यसै पनि सहज थिएन । योगमायालाई बाल्यकालमा देखेका दुई–चार व्यक्तिमात्रै जीवित छन् । म पश्चिममा जन्मे–हुर्केकी त्यसैले पूर्वको भाषागत कठिनाइ पनि भयो । त्यसमाथि अमेरिकाको बसाई र अध्ययन गर्नुपर्ने भोजपुरको । अर्को समस्या समयको पनि थियो । निकै चुनौतीलाई सामना गर्ने सहास गरेर यात्रामा लागेको थिए ।
अवको यात्राः समाज परिवर्तनका लागि कलम
म सिर्जनामै समर्पित छु । आमा मेरो प्रथम गुरु । उहाँले नै कलम दिनु भयो । कलम समाउन सिकाउनु भयो । यस क्षेत्रमा लाग्न प्रेरणा दिनु भयो । कुनै बेलाको रहर यति बेला जिम्मेवारी भएको छ । यो पुरस्कारले मलाई जिम्मेवारी बोध गराएको छ । मेरो कलम अव निरन्तर समाजका लागि कोरिने छ । समाज परिर्वतनका लागि मेरो लेखन यात्रालाई समर्पण गर्दै जाने प्रण गरेकी छु ।

nyogmaya