धरान/ ग्लोवल वार्मिङको असरलाई न्युनीकरण गर्न युवापुस्तामा जनचेतना फैलाउने उद्देश्यले धरानमा हिपस्टर फेशन शो २०१७ आयोजना भएको छ । धरान–८ स्थित लाङ्घाली सामुदायिक वन समूहको हाताभित्र नै आयोजना गरिएको कार्यक्रममा सो स्टपरका रुपमा पूर्व मिस नेपाल सुविन लिम्बू उपस्थित थिइन् । कोरियोग्राफर पपकर्न इन्टर अध्यक्ष सुमिन आचार्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी रहेकी थिइन् भने विशेष अतिथिका रुपमा यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीम राई ज्वाला, धरान उपमहानगरपालिका पर्यटन विभाग सहसंयोजक किशोर थुलुङलगायतको उपस्थिति थियो ।
डिजाइनर विलप राईको डिजाइनमा २० जना युवायुवती ¥याम्पमा उत्रिएका थिए । मिस प्लस टु सिमरन तुलाधर, मिस प्लस टु फस्ट रनर अप विलम राई, मिस एसईई निशाम लिम्बू, फस्ट रनर अप अनिला क्षत्री, मिस पूर्वाञ्चल फस्ट रनर अप सिमरन श्रेष्ठलगायतले ¥याम्प नापे । तीनवटा सिक्वेन्समा गरिएको कार्यक्रममा क्याजुअल विन्टर डे«स, स्पोट्स डे«स र फरेष्ट थिम प्रस्तुत भयो । क्याजुअल सिक्वेन्समा धरान मन्टेश्वरीका बालबालिकाहरुले प्रस्तुति दिए ।
आयोजक पर्पकर्न इन्टरटेन्मेण्टका अनुसार मानवको उत्पत्तिदेखि ढुङ्गेयुग, कृषि र आधुनिक युगमा आएको परिवर्तन, त्यसबाट प्रकृतिमा पार्ने असर र न्युनिकरणबारे विशेष प्रस्तुति रहेको थियो । फेशनप्रति युवापुस्ताको क्रेज हुने भएकोले त्यसैको माध्यमबाट वातावरणप्रति सचेत गराउन खोजेको आयोजकको भनाई छ ।
सहभागीहरुलाई धरान फिटनेश क्लबका बविता मगर र रेखा गुरुङको नेतृत्वमा आकर्षक जुम्बा नृत्य, डिजे नवको डिजेइङ र स्थानीय कलाकारहरुले भरपुर मनोरञ्जन दिलाएको प्रचारप्रसार संयोजक विकास राईले जानकारी दिए । कार्यक्रमबाट बचेको रकमले अशक्त घाइते मजदुर पुष्य प्याकुरेलको घर निर्माणमा सहयोग गरिने र धरानको कुनै एक क्षेत्रमा १ सय १ वटा वृक्षारोपण गरिने पनि आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन रेडियो धरानका निर्देशक शिशिर राई र मिस एसईई २०१४ की विजेता रिया बजाजले गरेका थिए ।