• विकास चाम्लिङ राई

धरान / धरानस्थित पिपल सपको आयोजनामा आगामी भदौँ १८ गत्ते ‘पिपल्स सप तीज उत्सव २०७५’ कार्यक्रम हुने भएको छ । धरान स्थित गोरखा व्याङकेट हलमा दिउँसो ११ बजेदेखि उत्सव सुरु हुने सोमवार पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएको छ । घरगृहस्थी कार्यमा व्यस्त रहने महिलाहरुको क्षमता देखाउन अवसर प्रदान गर्नको लागि हिन्दु महिलाहरुको चाडको रुपमा रहेको हरितालिका तीजलाई लक्षित गरि पिपल सप प्रथम तिज उत्सवको आयोजन ागर्न लागिएको पिपल सपका प्रोपराइटर कविता लिम्वुले बताईन ।
उत्सववाट उठेको केहि रकम दुवै मृगौलामा समस्या देखिएका किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष प्रविण राईलाई उपचारको लागि सहयोग गर्ने आयोजकले जनाएको छ । रमाइलोसंगै कार्यक्रमलाई सामाजिक कार्यसंग जोडेर रचनात्मक वनाउने प्रयास गरिएको पनि लिम्वुले बताइृन । उत्सवमा सहभागी महिलाहरु आफैले मनोरञ्जनात्मक प्रस्तुति दिएर आफै पनि मनोरञ्जन गर्ने र सहभाभीलाई पनि मनोरञ्जन प्रदान गर्ने आयोजकले जनाए । यससंगै कार्यक्रममा स्थानिय चर्चित कलाकारहरु, पिपल्स सप, सौन्दर्य संघ, लायन्स क्लव, झुनाज फिटनेसका सदस्यहरुको पनि प्रस्तुति रहेको छ । उत्सवमा सौन्दर्यकलाकर्मीहरुका सदस्यहरुले र्यामवक समेत गर्नेछन । उत्सवमा सहभागिहरुवाट मिस तीज घोषण पनि गरिने छ । मिस तीजले क्राउन, ट्रफि र गिप्mट ह्याम्पर प्राप्त गर्नेछन् । साथै मिस वेस्ट वक, मिस वेस्ट हेयर, वेस्ट फिगर, वेस्ट डे्रस, वेस्ट कपल अवार्ड प्रदान गरिने आयोजकले जनाए । उनीहरुले ट्रफि र गिफ्ट ह्यापर प्राप्त गर्नेछ । कार्यक्रम संचालन पुर्व मिस मंगोल फस्ट रनर अप स्वरुपा थापा मगरले गर्नेछ भने पूर्वाञ्चलका चर्चित कोरियोग्राफर तथा डिजे ललितले आफ्नो डिजेइङ्गमा उपस्थितलाई नचाउनेछ । कार्यक्रमको सह आयोजकको रुपमा लायन्स क्लव अफ धरान वुढासुव्वा र सौदर्यकला व्यवसायी संघ धरान रहेको छ ।