धरान / आगामी डिसेम्बर २६ तारिख हङ्कङमा धरान हङ्कङ मञ्चको आयोजनामा हुने धरान साँझको लागि धरानबाट जाने कलाकारहरुलाई बुधबार हाङ्कुक सारङ रेष्टुरेण्टमा आयोजित एक कार्यक्रमका बीच बिदाई गरियो ।
हङ्कङ जानेहरु मिस पूर्वाञ्चल २०१७ रुबी लिम्बू, गायक गङ्गा वरदान, प्रशान्त शर्मा, मनोज मोतेलगायत धरान आएका हङ्कङ नेपाली महासङ्घका अध्यक्ष रीता गुरुङलाई बिदाई गरिएको थियो । धरान साँझमा प्राश्ना शाक्य, सुरेश लामा र प्रमिला राई लगायतका गायक गायिकाहरुको पनि सहभागिता रहनेछ ।
हङ्कङ नेपाली महासङ्घका भूपू अध्यक्ष प्रदीप थापा, सिल्भर इन्टरटेन्मेन्टका निर्देशक सौरभ श्रेष्ठ, गायक डिल्ली फोम्बो, मिस पूर्वाञ्चल २०१६ की फस्ट रनर अप इक्सा मादेन, ब्ल्याकपिग इन्टरटेन्मेन्टका बुलेटहाङ तिगेला र गजुरमुखी ट्रेडर्सका गोपाल आचार्य, ब्लाष्ट टाइम्सका सह–सम्पादक देवेन्द्र कार्की र बराह ज्वेलरीका प्रशासकीय अधिकृत गङ्गा कालिकोटेलगायतका महानुभावहरु उपस्थित रहेका थिए । सोही कार्यक्रममै मङ्गलबार सम्पन्न मेगा लाइभ कन्सर्टमा सहयोग गर्नेहरुलाई सम्मान–पत्र वितरण गरिएको थियो । मेगा लाइभ कन्सर्ट २०१७ मा आर्थिक, सामाजिक र भौतिक रुपमा सहयोग गर्ने विभिन्न सङ्घ–संस्था तथा व्यक्तिहरुलाई आयोजक सिल्भर इन्टरटेन्मेन्ट धरानले सम्मान गरेको हो ।