धरान / पपकर्न इन्टरटेन्मेन्टको आयोजनामा हुनलागेको हिपस्टर फेसन शो को तयारी अन्तिम चरणमा पुगेको छ । शो को माध्यमबाट युवाहरुमा ग्लोबल वार्मिङ न्यूनीकरण सम्बन्धी जनचेतना फैलाउन तथा सामाजिक कार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको शो मा धरानका चर्चित २० जना महिला तथा पुरुष मोडलहरुले ¥याम्प वाक गर्नेछन् । मिस नेपाल २०१४ सुबिन लिम्बूको साथमा मिस प्लस टु २०१७ सिमरन तुलाधर, फस्ट रनरअप विलम राई, मिस पूर्वाञ्चल फस्ट रनरअप सिमरन श्रेष्ठ, मिस एसईई २०१७ निसम लिम्बू, फस्ट रनरअप अलिना क्षेत्रीलगायतले वाक गर्ने इभेन्ट म्यानेजर निसान श्रेष्ठले जानकारी गराए । उनीहरुलाई मिस्टर धरान २०१७ का विजेता सुमिन आचार्जुले कोरियोग्राफी गरिहेका छन् । मोडलहरुले देवाङ फेसन हाउसका प्रोप्राइटर तथा डिजाइनर विलप राईले डिजाइन गरेको पहिरनमा ¥याम्पमा उत्रनेछन् । यही पुस ७ गते शुक्रबारको दिन धरान–८ स्थित यलम्वर पार्कमा हुने शो मा विन्टर क्याजुअल, स्पोर्ट्स र फरेस्ट थिम गरी तीन सिक्वेन्समा मोडलहरुले वाक गर्नेछ । कार्यक्रमबाट उठेको रकमबाट पत्रकार र मजदुरहरुद्वारा स्पाइनल कर्ड इन्जुरी भएका मजदुर पुण्य प्याकुरेको घर निर्माणमा सहयोग गर्नुका साथै धरान उपमहानगरपालिकाको कुनै क्षेत्रमा एकसय एक रुख वृक्षरोपण गर्ने पपकर्न इन्टरटेन्मेन्टका अध्यक्ष सुमिन आचार्जुले जनाए ।