धरान / लामो समयदेखि विट्रिस आर्मीबाट अवकाश जीवन बेलयतमा बेतित गदै आएका हर्कजङ कुरुम्वाङ लिम्बु नेपाल आएका बेला केही न केही कृति निकाल्ने गरेका छन् ।
सने २००८ मा नेपाली लिम्बु भाषाको शव्दकोश र २०१३ मा कुरुवाम्बाङ जातीको बंशावली प्रकाशित गरेर आफनो जातीमा चर्चामा आएका लिम्बुले २०१८को शुरुवातीमा लिम्बु जातीको महत्वपूण क्षेत्र घुमेर लुङथुङ् यात्रा संस्मरण प्रकाशित गरेका छन् ।
क्रिव ३ दशक लामो समय विट्रिस सेनामा सेवा गरेका लिम्बु बन्दुकसँगै आफनो लेखन र खोज कार्यलाई जारी राखेको नजिजा उनको पुस्तकहरु भएको मुन्धुम अध्येता तथा लालीगुरास नगरपालिकाका मेयर अर्जुनवाव मावुहाङले बताए ।
उनले ५२ पृष्ठ लामो पुस्तकमा याक्थुङ लिम्वु जातीका पहिचानका धरोहरको रुपमा रहेका ताप्लेजुङका थाप्लाइ, काप्पोरुङ, काप्मोरुङ, खोङ्सोलुङ्जङ्, थोक्पुन, तेम्बे, माङयक, लोक्फादेन, हाङफादेन, सिवेवा, पासाङ्गा, तागरा,तुङलुङलगायतका स्थानमा अवलोकन र अध्ययन गरेको कुरा समावेश गरेका छन् । त्यहाँको जातीय एतिहासिकतबाारे २०७४ कार्तिक २२ गतेदेखि पुस १५ गतेसम्मको लामो अध्ययनको क्रममा त्यहाँ भटिएका एतिहासिबस्ती, मुर्ति, गुफालगायत स्थानको उचित संरक्षण गर्न समेतराज्यलाई सुझाव दिएका छन् ।
करिव १०० भन्दा बढि ऐतिहासिक स्थानहरुको रङ्गीन तस्विरसहित पुस्तकमा समेटिएको छ । पुस्तक युमा साम्बो महासभा धरानले प्रकाशित गरेको हो ।

IMG_20180724_080417 1