धरान / डेढ दशक अघि धरानको द अर्थ समुहको मुख्य गायक शिव लामिछानेले अहिले  नेपाली संगीत क्षेत्रमा आफ्नो  छुट्टै स्थान बनाईसकेका छन् । हाइ पिचमा गाउनसक्ने गायक शिवले अहिले काठमाडौंमा आफ्नै लगानीमा कृपा द्रश्य डिजिटल  स्टुडियो समेत संचालन गरेकाछन । कृपा स्टुडियो मार्फतनै उनले कृपा अनप्लगड नामक छुट्टै सांगीतिक कार्यकर्म मार्फत धेरै नया- पुराना गायक –गायिकाहरुलाई उतारिसकेका छन् ।

चाडै कृपा अनप्लगडको नया सिजन सुरु गर्न लागेका यी धराने गायकले नेपाली संगीत क्षेत्रको उत्थानको लागि  समृधीको लागि संगीत भन्ने नाराका साथ् कृपा फाउन्डेसन समेत संचालनमा ल्याएका छन्   ।

प्रोजेक्ट कृपा फाउन्डेसन अन्तर्गत उनले हर्कुलस बस्नेतको सब्द संगीतमा “ जय नेपाल “ भन्ने एउटा रास्ट्रभक्ति गीत तयार गरेका छन्  ।

आउदो पौष ४ गते धरानको पब्लिक स्कुलको मैदानमा तुबोर्ग्को प्रस्तुतिमा आयोजना हुने मेगा लाइभ कन्सर्टमा उनि लामो ग्यापमा धरानको कन्सर्टमा सहभागी हुदैंछन ।यहि अवसर परि उनि “ जय नेपाल “ गीतलाई आफ्नो ठाउँ धरानबाट बिसेष रुपमा रिलिज गर्दैछन । चाहे माया गर , किन दुख्छ , उकाली ओराली जस्ता उनका अन्य गीत हरु पनि उनले धराने दर्शक हरुमाझ आफ्नो ब्याण्ड का साथ् प्रस्तुत गर्दैछन् । उनि संगै चर्चित गायक एड्रिन प्रधान एण्ड फ्रेंन्ड्स ब्याण्ड साथमा गंगा बरदान , डील्ली फोम्बो ,नवराम राई ,रमेश राई ,मनोज मोते , एपी शेर्पा,डील्ली फोम्बो,प्रशान्त शर्मा, बबिन लिम्बु , तुहिन लिम्बु र साक्थिम योंग्याको समेत प्रस्तुति रहनेछ ।

नेपाल क्लब हंगकंगको आयोजना र सिल्भर इन्टरटेनमेन्ट को व्यवस्थापनमा मेगा लाइभ कन्सर्ट हुदैछ ।

प्रमाे हे्र्न यहाँ क्लिक गर्नुहाेस