काठमाडौं / एनसेल प्रा. लि.ले देशको विभिन्न चार शहरहरुमा यहि पुष ८ देखि एनसेल मेला २०७४को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हँुदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवालङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न, एनसेलले विराटनगर, पोखरा, बुटवल र ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको हो ।
यीचारै शहरहरुम ाएनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको छ । आयोजना हुन गइरेहको मेलामा गेम्स्लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजीथिममा आधारित हुनेछन् र आगन्तुक तथा दर्शकहरुले चर्चित गायकतथा सांगीतिक समुहहरुको प्रस्तुतिहरुबाट भरपुर आनन्दलिन सक्नेछन् ।
विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण एनसेल मेला यहीपुष ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरिने छ । यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ ।
मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामाप्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।
मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमाकबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदानगर्नेछन् । रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीले पनि मेलामा भागलिनेछन् । त्यसैगरी, मेलाको अरु आकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् ।
आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनिगर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजीसिम खरिद गर्न तथा आफ्नो पुरानो सिमलाई फोरजी सिममा अपग्रेड पनिगर्न सक्ने कम्पनिले जनाएको छ ।