काठमाडौं / रारा ताल नेपालको भर्जिन गन्तव्य हो । तालको नाम राजा महेन्द्रले आफ्नो नाममा ‘महेन्द्र ताल’ राखेपछि चर्चामा आयो । नेपालको गहिरो र ठूलो यो ताल जैविक विविधतापूर्ण छ । रारा राष्ट्रिय निकुञ्जभित्र रहेको यो तालवरिपरि जंगल छ । विश्वमा अन्यत्र नपाइने स्नो ट्राउट प्रजातिको माछा पाइन्छ । सूर्यको किरणसँग रारा तालको पानी रंग परिवर्तन हुन्छ । अनि, बिहानको सूर्योदयसँगै देखिने आर्कषक ताल मध्याह्न भने खुबै चित्ताकर्षक लाग्छ । विभिन्न रंगका फूल फुल्दा रारा तालको दृश्य झनै आर्कषक हुन्छ । रारा तालमा हिमाल पनि सर्लक्क देखिन्छ । त्यही दृश्यसँगै बोटिङ पनि गर्न पाइन्छ ।

किन जाने रारा रु
नेपालको सबैभन्दा ठूलो ताल आन्तरिक पर्यटकका लागि झनै आर्कषक लाग्छ । भिलेज हेरिटेज रिसोर्टका राजु कार्कीका अनुसार रारा तालको आसपासको जंगलमा २ सयभन्दा बढी प्रजातिका फूल र चराचुरुंगी पाइन्छन् । ‘नेपालका टपटेन गन्तव्यभित्र पर्ने रारा ताल नपुग्ने पनि के नेपाली भन्ने चलन भइसक्यो,’ कार्कीले भने । समुन्द्री सतहबाट २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित रारा तालको लम्बाइ ५ किलोमिटर रहेको छ भने चौडाइ २।७ किलोमिटर रहेको छ । यो ताललाई एक फन्को मार्न ५ घन्टा लाग्दछ । साथै, बोटिङबाट पनि वारपार गर्न सकिन्छ । कर्णाली प्रदेश सरकारले २०७५ लाई कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेपछि आन्तरिक पर्यटक बढ्न थालेका छन् ।

खर्च
भिलेज हेरिटेज रिसोर्टका राजु कार्कीका अनुसार २५ हजार रुपैयाँको ९ दिने प्याकेज छ । त्यसमा सार्वजनिक बसमार्फत जानुपर्ने हुन्छ । अर्को ९ दिनकै २९ हजारको प्याकेजमा भने स्कारपिर्यो, बोलेरोमार्फत जान सकिन्छ । ३ देखि ४ दिनको ३४ हजारको प्याकेजमा भने काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जबाट ताल्चा विमानस्थल हुँदै रारा पुग्ने प्याकेज छ । ९९ हजारको भिआइपी प्याकेज पनि सुरु भएको छ ।

किनमेल रकोसेली
रारा ताल घुम्न जाने पर्यटकका लागि च्याङग्राको ऊनबाट स्थानीय हस्तकलाबाट बनाइएका राडीपाखी, कोट, टोपीलगायतका कोसेली पाइन्छ । साथै, यार्सागुम्बा, स्याउ पनि रारा ताल पुग्नेका लागि उपयुक्त कोसेली हुन् ।

खाना र वास
रारा ताल जति भर्जिन गन्तव्य हो त्यति नै अर्गानिक खानपिन पाइन्छ । रारा जानेले रातो मार्सी चामलको खाना खान पाउनेछन् । साथै, जडिबुटी ‘घोडेमचो’को चिया पनि पिउन पाइन्छ । ती दुवैले ग्यास्टिकका बिरामीका लागि उपयुक्त हुने कार्कीले बताए । रारामा बस्नका लागि दुईवटा होटल छन् । होटेलले कोठाको अलवा टेन्टको पनि व्यवस्था गरेका हुन्छन् । ती होटलले कोठा र टेन्ट गरी एक रातमा करिब २ सयजनालाई व्यवस्थापन गर्न सक्छन् ।

कसरी पुग्ने रु
रारा ताल हवाई र सडक बाटोको माध्यमबाट पुग्न सकिन्छ । काठमाडौबाट नेपालगज्ज र नेपालगञ्जबाट मुगुको ताल्चा विमानस्थलसम्म हवाई उडानबाट जान सकिन्छ । र ताल्चाबाट करिब ३ घण्टाको पैदल यात्रापछि रारा ताल पुगिन्छ । पैदल हिड्न नसक्ने घोडालाई भाडामा लिन सकिन्छ । काठमाडौंबाट सुर्खेत र सुर्खेतबाट ताल्चा विमानस्थलमा उडान गर्न पनि सकिन्छ । सडक बाटोबाट रारा जानका लागि काठमाडौबाट सुर्खेतसम्म वसबाट यात्रा गर्न सकिन्छ । र सुर्खेतबाट रारा तालसम्म गाडीमा जान सकिन्छ ।

खप्तड

सुदूरपश्चिमको सुन्दर गन्तव्य हो ‘खप्तड’ । सुन्दर पाटन, घनाजंगल, सुन्दर ताल छन् खप्तडमा । खप्तड प्राकृतिक र धार्मिक गन्तव्य हो । आध्यात्मिक गुरु तथा विचारक खप्तडबाबाले खप्तडमा एक आश्रम बनाई ५० वर्ष बिताएको पवित्र भूमि पनि हो । शान्त भूमि, योगा र प्रकृतिको काखमा रमाउन चाहनेहरू यस भूमिमा पुग्नासाथ भन्ने गर्छन्, ‘भूस्वर्ग’ ।

कसरी पुग्ने खप्तड रु
बझाङ, बाजुरा, अछाम, डोटीबाट स्थानीयले आफ्नो पायक पर्ने स्थानबाट स–साना बाटो बनाएर खप्तड पुग्छन् । तर, खप्तड जाने पर्यटकीय मार्ग भने दुईवटा छन् । काठमाडौंदेखि हवाई या सडकमार्गबाट धनगढीसम्म पुगेपछि त्यहाँबाट करिब ४ सय किलोमिटर पर छ खप्तड । धनगढीबाट डडेलधुरा, बझाङको तमैल, मेल्तडी हुँदै खप्तडतिर लागिन्छ । वर्षायामभन्दा अगाडि बझाङको मेल्तडीसम्म सडक यातायातको सुविधा छ । त्यसपछि पैदल हिड्नुपर्छ । त्यहाँबाट करिब ५र६ घन्टाको उकालो हिँडाइपछि खप्तड पुगिन्छ । धनगढीबाट डडेलधुरा, डोटी हुँदै पनि खप्तड पुग्न सकिने विकल्प छ । डोटीको झिंग्रना भन्ने स्थानसम्म सवारीसाधनबाट जान सकिन्छ । यस रुटबाट जाँदा भने झन्डै ८र९ घन्टा पैदल हिड्नुपर्ने हुन्छ ।

 

खप्तड नै किन रु
२२ वटा सुन्दर पाटन रहेको खप्तड प्रकृतिको अनुपम रचना हो । हिउँदमा हिउँले सेताम्य हुने पाटन हेर्न निकै संघर्ष गरी पुग्नहरू खप्तडको सुन्दरताबाट कहिल्यै अघाउँदैनन् । दर्जनौंँ प्रजातिका फूल फुलेर ढकमक्क ढाकिएका पाटनको सुन्दरता रमाउने अवसर भने चैत–वैशाखदेखि असारसम्म पुग्ने भाग्यशालीले प्राप्त गर्छन् । जेठमा खप्तडमा गंगा दशहरा मेला लाग्छ । सामान्यतया लेक नलाग्ने र हरियालीले मनमोहक भएका खप्तडका पाटनमा रमाउन जेठ–असार उपयुक्त मौसम मानिन्छ ।

खर्चस् एरोलिना टुर एन्ड ट्राभलसहित केही कम्पनीले खप्तड प्याकेज बिक्री गर्न थालिसकेका छन् । एक सातामा काठमाडौं खप्तड यात्रा पूरा गर्न सकिन्छ । त्यसका लागि सडक यातायात प्रयोग गर्ने यात्रुलाई प्रतिव्यक्ति २५ हजार तथा हवाईमार्ग प्रयोग गर्नेका लागि ७ हजार देखि २० हजार प्रतिव्यक्ति थप लाग्ने गरी प्याकेज बनाइएको थियो ।

खानारवास स् बझाङ र डोटीबाट सडक पुगेको स्थानसम्म स्तरीय होटेल, टी हाउस छन् । त्यसपछि पैदल हिड्ने बाटोको अवधिका लागि भने यात्रु आफैँले खाना र पानी बोकेर जानुपर्छ । खप्तडमा केही लज छन् । स्थानीय पर्यटन व्यवसायी, अभियानकर्ता र गाइडको सहयोगविना खप्तड पुगियो भने असुविधा हुन सक्छ, लजमा आवासको असुविधाका कारण ।


किनमेलरकोसेलीस् खप्तडबाट प्रकृतिको सुन्दरतालाई क्यामरा र मनमस्तिकमा कैद गरेर ल्याउनुबाहेक कोसेली किनमेलको सम्भावना छैन । खप्तडमा पर्यटन लक्षित व्यवसाय सुरु भएको छैन ।

सर्ट हाइकिङ

– राज धमला ९प्रबन्ध निर्देशक, एडभेन्चर मिसन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन०

गोदावरी–फुलचोकी
समयः ३ घन्टा
आकर्षणः गोदावरी बगैँचा
हिमशृंखलाको मनमोहक दृश्य, भिरालो पहाडी भूभाग, विभिन्न किसिमका चरा तथा ऐतिहासिक स्थलहरू उपत्यकाकै सबैभन्दा अग्लो पहाड फुलचोकीमा हाइकिङको छुट्टै महत्व छ । गोदावरीबाट सुरु हुने यात्रा समुद्री सतहबाट २ हजार ७ सय ५० मिटरको उचाइसम्म पुग्छ । काठमाडौं उपत्यकाबाट प्राकृतिक र बोटविरुवा अवलोकन गर्दै हिँड्नको लागि यो उपयुक्त यात्रा हो । यो यात्रामा गोदावरीको बगैँंचा, उत्तरतर्फको मनमोहक हिमशृंखलाको दृश्य, भिरालो भूभाग, चराहरू तथा महत्वपूर्ण ऐतिहासिक स्थलको अवलोकन गर्न सकिन्छ । जाँदा पूरै उकालो चढ्नुपर्ने यो यात्रामा फर्कंदा ओरालो झर्नुपर्छ ।

 

बुढानीलकण्ठ– नागी गुम्बा
सुरुः बुढानीलकण्ठ मन्दिर
समयः ५ घन्टा
आकर्षणः बुढानीलकण्ठ मन्दिर, शिवपुरी राष्ट्रिय निकुञ्ज, नागी गुम्बा, ५ सयभन्दा बढी जीवजन्तु र वनस्पतिहरू
काठमाडौंको उत्तरमा रहेको र मुख्य सहरबाट सबैभन्दा नजिकको सर्ट हाइकिङ शिवपुरी राष्ट्रिय निकुञ्जमा गर्न सकिन्छ । २ हजार ५ सय ६३ मिटर उचाइको यो पहाड उपत्यकाको फुलचोकीपछिको अग्लो स्थान हो । ५ घन्टाको यो यात्रा बुढानीलकण्ठ मन्दिरबाट सुरु भएर उकालो लाग्छ । ५ सय प्रकारका जीव र वनस्पति भएको शिवपुरीमा बाग्मतीको उत्पत्तिस्थल मानिने वागद्वार पनि छ । यात्रामा पुगिने नागी गुम्बा २ हजार ३ सय ३० मिटरमा अवस्थित छ । यो गुम्बामा करिब २ सयको संख्यामा बुद्धधर्मावलम्बी भिक्षुणीहरू ध्यानमग्न अवस्थामा भेटिन्छन् ।

मलार्इ मनपर्छ ९जिरी०


दीपकराज जोशी प्रमुख कार्यकारी अधिकृत ९सिइओ० नेपाल पर्यटन बोर्ड
पछिल्लो समय पर्यटकीय आकर्षणले उदाउँदो क्रममा रहेको दोलखा सबै दृष्टिकोणबाट उपयुक्त गन्तव्य लाग्छ ।
सडक यातायातबाट जाँदा बाटोबाट देखिने आकर्षक पहाडी शृंखलाहरू मनमोहक छन् । आँखैअगाडि स्पष्ट देखिने हिमाली रेन्ज जति हे९यो, उत्ति हेरौँ हेरौँ लाग्छ ।
काठमाडौंबाट नजिक छ, त्यसैले छोटो बिदामा पनि परिवार र साथीभाइसँग गएर घुमघाम गर्न सकिन्छ ।
सडक यातायातको राम्रो सुविधा छ, जसले गर्दा यात्रामा कठिनाइ हुँदैन ।
दोलखा प्रकृतिसँगै धार्मिक र सांस्कृतिक सम्पदाले पनि भरिपूर्ण जिल्ला हो । पर्यटक बढी जान थाले पनि त्यति धेरै भिडभाड छैन, सजिलै सेवा पाउन सकिन्छ ।
व्यवसायी र स्थानीयमा पनि पर्यटकीय कल्चर सुरु भइसकेको छ । पर्यटकलाई आदर सत्कारसहित पर्यटनको महत्व बुझ्ने समाज तयार हुन थालिसकेको छ ।
अग्लो ठाउँमा जाँदा कस्ता कपडा रु

– नवराज दाहाल ९टान अध्यक्ष०
समुद्री सतहबाट ३ हजार मिटरभन्दा माथिको यात्रामा गर्मी या जाडो मौसम भन्ने हुँदैन । कुनै पनि महिना वा मौसममा यहाँ जाँदा न्याना र पातला दुवै प्रकारका कपडा लैजानुपर्छ । यस्तो यात्रामा माइनस १५ डिग्री सेल्सियससम्म तापक्रम रोक्न सक्ने कपडा चाहिन्छ ।

 

के के लाने
डाउन ज्याकेट
डाउन स्लिपिङ व्याग
पंजा
ऊनी टोपी वा स्कार्फ
ऊनी मोजा
ट्रेकिङ बुट
बिहान बेलुका लगाउन लामो र न्यानो ट्र्याक सुट
थर्मल अन्डर वेयरहरू
दिउँसो हिँड्दाको अवस्थामा

नयाँ पत्रिकाबाट