नयाँ दिल्ली /  भारतको दक्षिणी राज्य केरलामा निपा नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ ।
यसअघि नै १४ व्यक्तिको मृत्यु भएको र सोही संक्रमणबाट थप दुई व्यक्तिको बुधबार मृत्यु भएपछि सो संख्या १६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।
केरलाको कोझिकोडे मेडिकल कलेजमा ५६ वर्षीय एक पुरुष र २८ बर्षीया एक महिलाको बुधबार राति मृत्यु भएपछि सो संख्या १६ पुगेको बताइएको हो । केरलाको कोझिकोडे र मलापुरम जिल्लामा सुरु भएको यस भाइरसको प्रकोपबाट १६ व्यक्तिको मृत्यु भएको छ– यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
साथै यस निपा भाइरसबाट ९४ जना प्रभावित भएका र अझै पनि १७ जना उपचारको क्रममा अस्पतालमा रहेका सो राज्यका स्वास्थ्यमन्त्री के के शैलाजाले बताउनु भएको छ । भारतमा निपा भाइरसको प्रकोप फैलिएको यो तेस्रो पटक हो । यसअघि सन् २००१ मा र २००७ मा पनि भारतमा निपा भाइरसको प्रकोप फैलिएको थियो ।
त्यसबेला बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने पश्चिम बङ्गलामा निपा भाइरसका कारण ५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यो भाइरसको प्रकोप सबैभन्दा पहिला सन् १९९९ मा मलेसियाबाट सुरु भएको थियो । स्वास्थ्य क्षेत्रका अधिकारीहरुका अनुसार यस भाइरसको खोप बनेको छैन । यो भाइरसको संक्रमणले कडा मात्रामा ज्वरो आउने र स्वासप्रस्वासमा असर गर्ने गर्दछ । यसको संक्रमण भएपछि सघन उपचार कक्षमा राखेर स्वासप्रस्वासमा सघाउ पु¥याउनेगरी उपचार विधि सुरु गर्नुपर्छ ।

निपा भाइरसस् के हो र कसरी सर्छ ?
केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका अनुसार निपा भाइरसबाट संक्रमितहरूको उपचारमा संलग्न एकजना नर्सको पनि मृत्यु भएको छ।
के हो यो रोग
एनआईभी भनिने निपा भाइरसको संक्रमणले नयाँ किसिमको रोग हो। यो अरू पशुबाट मानिसमा सर्न सक्छ। यो भाइरस खासगरी ुफ्रूट ब्याटु भनिने एक प्रकारको चमेरोमा पाइन्छ।
यो संक्रमणलाई सबभन्दा पहिले सन् १९९९ मा मलेसिया तथा सिंगापुरमा पहिचान गरिएको थियो।
त्यतिखेर फैलिएको इन्सेफलाइटिस तथा श्वासप्रश्वाससम्बन्धी प्रकोपका बेला बङ्गुरपालक किसानहरूमा यो रोग भेटिएको थियो।
सो प्रकोपमा झन्डै तीन सय जनाले ज्यान गुमाएका थिए। प्रकोप रोक्न दश लाखभन्दा धेरै बङ्गुर मारिएका थिए।
कसरी बच्ने
रोग पाइने स्थानमा भएका बिरामी बङ्गुर तथा चमेराको सम्पर्कबाट टाढा रहेर यो रोगबाट बच्न सकिने बताइन्छ।
यसका लक्षणमा ज्वरो, टाउको दुख्ने, श्वासप्रश्वासको समस्या, कमजोरी तथा मानसिक असन्तुलन पर्दछन्।
लक्षण देखा परेको २४ देखि ४८ घण्टाभित्रै बिरामी कोमा मा जान सक्छ।
खोप छैन
सत्तरी प्रतिशतसम्म मृत्यु दर भएको उक्त भाइरस संक्रमणका विरुद्ध कुनै खोप उपलब्ध छैन।