स्वच्छता र स्वास्थ्यका लागि समग्र वातावरणमा सुधार ल्याउने सोच राखिएर पनि अधिकांश जिल्लामा सरसफाइ गुरुयोजनामा गरिएका ‘खुल्ला दिसामुक्त अभियान’ निष्प्रभावि भएका छन् । व्यक्तिका घरमा शौचालय बने तर घर वरिपरिको वातावरण भने सुधार नहुनुले खुल्ला दिसामुक्त अभियान सफल भएको मान्न सकिदैन् ।
शौचालय बनाए पनि घरबाहिर भने जताततै फोहोर र दुर्गन्धले सरसफाइ गुरुयोजनालाई नै गिज्याइरहेको छ । सप्तरीका अधिकांश गरिब, पिछडिएका र उच्च जोखिमयुक्त वर्गका नागरिक सरसफाइको मूल प्रवाहबाट बाहिर छन् । यसको कारण शौचालय निर्माण गर्न औकात नपुग्नु हो । बढि दलित समुदाय भएको सपतरी जिल्लामा भूमीहिनहरुलाई शौचालय बनाउने जमिनसमेत छैन् । यस्तो अवस्थामा खुल्ला दिसामुक्त अभियान सफल बनाउन निश्चय नै समस्या हुदे आएको छ ।
करिब १ सय डोम र मेहतरको बसोबास रहेको राजविराज ७ कोा अधिकांश घरमा शौचालय छ। तर, सबै शौचालयको निकास गाउँको बीचमा रहेको खुला नालामा मिसाइएको छ। गाउँभरि हिलो र फोहोरको दुर्गन्ध छ। छाडा छाडिएका सुँगुरले फोहोरलाई यत्रतत्र फैलाइरहेको देखिन्छ। यस बाहेक घरभित्रको फोहोर जथाभावी फ्फ्याँकेर गाउँ नै फोहोर बनाइएको छ । यसको व्यवस्थापनका लागि स्थानीय सरकारले उचित कमद चाल्नु पर्ने देखिन्छ । टोलभरि सरसफाइको अभियान चलाउनु पर्दछ । टोलको वातावरण स्वस्थ नबनाएसम्म खुला दिसामुक्त अभियानको नाराले सार्थकता नपाउने कुरालाई सरोकारवालाहरुले गम्भीर रुपमा लिनु पर्दछ ।