धरान / सुनसरी क्षेत्र नं. १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई विजयी हुनु भएकाे छ । उहाँले कुल ३५ हजार ७४१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गर्नु भएकाे हाे ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नु भएकाे छ । राईले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेको निर्वाचन कार्यालयले जनाएको छ।
त्यसैगरी नेकपा (एमाले) का उम्मेदवार टीका लिम्बूले ६ हजार ३३१ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार मनोज भट्टराईले ६ हजार २५८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
सुनसरी–१ मा सम्पन्न मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएसँगै श्रम संस्कृति पार्टीका अध्यक्ष राई विजयी भएको निर्वाचन अधिकृतले बताएका छन्।


















