धरान /  बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा र मोर?का सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् ।

झापा १ बाट रास्वपाकी निशा डाँगी ४५ हजार ६८० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गर्नुभएको छ ।

झापा  २ मा रास्वपाकी इन्दिरा रानामगर ६० हजार ११० मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का देवराज घिमिरेले ११ हजार ३६८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गर्नुभएको छ ।

झापा  ४ मा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का लालप्रसाद साँवा लिम्बूले ११ हजार ९१६ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, झापा  ५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ६८ हजार ३४८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मोरङका ६ वटै क्षेत्रमा रास्वपा विजयी

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मोरङ जिल्लाका ६ वटै सिट जितेको छ । प्रतिनिधिसभा निर्वाचनमा जिल्लाका सबै ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू विजयी भएका हुन् ।

मोरङका ६ वटै क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले फराकिलो मतान्तरले जित हात पारेका हुन् ।

निर्वाचन परिणाम अनुसार मोरङ क्षेत्र नम्बर १ मा यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टी उम्मेदवार शान्ती पाख्रिन लामाले १७,५२२ मत पाउनु भयो । 

क्षेत्र नम्बर २ मा कृष्णकुमार कार्कीले ४० हजार ९२४ मत प्राप्त गर्दै जित सुनिश्चित गर्नु भयो । निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का दिलिपकुमार अग्रवालले १५ हजार ६ सय २४ मत प्राप्त गर्नु भयो । उहाँहरूबीचको मतान्तर २५ हजार ३०० छ ।

यस्तै क्षेत्र नम्बर ३ मा गणेश कार्की ३६ हजार ९२४ मत ल्याएर निर्वाचित हुनुभएको छ ।  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार शर्मालाई १२ हजार बढी मतान्तरले पराजित गर्दै कार्की निर्वाचित हुनु भएको हुन् । कार्कीले ३६ हजार ९ सय २४ मत ल्याउँदा शर्माले २४ हजार ३ सय ५४ मत पाउनुभयो । श्रम संस्कृति पार्टीका अमिर मगरले १६ हजार ५ सय ९ मत प्राप्त गर्नु भयो । 

क्षेत्र नम्बर ४ मा सन्तोष राजवंशी ४० हजार ८३३ मतका साथ विजयी हुनुभयो । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८ हजार १५ मतान्तरले पराजित गर्नु भयो । घिमिरेले १२८१८ मत प्राप्त गर्नु भएको थियो । 

मोरङ क्षेत्र नम्बर ५ मा आशा झा ३० हजार ४३४ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार फूलकुमार लालबानीले ९,४१५ मत मात्र प्राप्त गर्नु भयो । झा र लालबानीबीचको मतान्तर २१,०१९ छ ।

जिल्लाभरिमै सबैभन्दा धेरै मत क्षेत्र नम्बर ६ बाट रुविना आचार्य विजयी हुनुभएको छ । उहाँले ५५ हजार ५१३ मत ल्याएर सानदार जित हासिल गर्नु भयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता डा. शेखर कोइरालाले १२ हजार ८५० मत प्राप्त गर्नु भयो । एमालेका बिनोद ढकालले ८ हजार ३१७ मत प्राप्त गरे ।