धरान / धरानमा स्थायी बसाेवास गर्दै आउनु भएका सुमन श्रेष्ठलाई धरानमा सिभिल इन्जिनियर मात्र होइन, स्थानीय विकास, सार्वजनिक बहस र वैकल्पिक राजनीतिमा सक्रिय पात्रका रूपमा चिनिन्छ । दुई दशकदेखि इन्जिनियरिङ व्यवसाय सञ्चालन गर्दै रोजगारी सिर्जनामा संलग्न श्रेष्ठ पछिल्ला वर्षहरूमा स्थानीय समस्या पहिचान र समाधानको बहसलाई संस्थागत बनाउने प्रयासमा हुनुहुन्छ । 

श्रेष्ठले कोसी प्रदेशका विभिन्न जिल्लासहित काठमाडौँको पशुपतिक्षेत्र, धादिङ, खोटाङ, इलाम, भोजपुर, धनकुटा, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानमा विकास आयोजना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नु भएको छ ।  भौतिक पूर्वाधार र विकासका काममा लामो अनुभव बटुलेका उहाँ योजनाको कागजी प्रक्रियामा मात्र सीमित नबसी स्थानीय आवश्यकता, सरोकारवाला र राजनीतिक यथार्थ जोड्नुपर्नेमा जोड दिदैं आउनु भएको छ । 

यही सोचअनुसार उहाँले धरानमा स्थानीय समस्याको पहिचान, सरोकारवालाको धारणा संकलन र समाधानका उपाय खोज्ने उद्देश्यले विभिन्न चरणका सार्वजनिक बहस र संवाद कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । विकासलाई केवल बजेट र संरचनाको विषय नभई सामाजिक समझदारी र राजनीतिक इच्छाशक्तिसँग जोडेर हेर्नुपर्ने उहाँको धारणा रहेको छ ।

शैक्षिक रूपमा सुमन श्रेष्ठले डिप्लोमा इन सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा स्नातक गरि हाल राजनीतिशास्त्रमा स्नातकोत्तर अन्तिम सेमिस्टर अध्ययन गरिरहनु भएको छ । इन्जिनियरिङ, व्यवस्थापन र राजनीतिशास्त्रको संयोजनले उनलाई विकास, नीति र शासनको अन्तरसम्बन्ध बुझ्न सहयोग पुगेको उहाँ बताउँनु हुन्छ । 

गत दुई दशकदेखि इन्जिनियरिङ व्यवसाय सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले रोजगारी सिर्जना र स्थानीय सीप प्रयोगमा जोड दिँदै आउनु भएको छ । नीजी क्षेत्रको अनुभवले नीति निर्माण र कार्यान्वयनबीचको दूरी स्पष्ट देखाएको उहाँको भनाई छ । 

आफ्नो व्यवसायीमा सफतासँगै राजनीतिक रूपमा उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धरान उपमहानगरपालिकाको सभापति हुनुहुन्छ । उहाँ रास्वपा धरान नगरको संस्थापक सचिव पनि हो । 

विकास, पारदर्शिता र स्थानीय नेतृत्वको सशक्तीकरणमा केन्द्रित वैकल्पिक राजनीतिलाई धरानमा संस्थागत गर्ने प्रयासमा उहाँ सक्रिय हुनुहुन्छ । 

श्रेष्ठ धरानलाई शैक्षिक र पर्यटकीय हबका रूपमा विकास गर्नुपर्ने धारणा राख्दैं आउनु भएको छ ।  धरानसँग भएको स्रोत, सम्भावना र ‘श्रोत साधन’को व्यवस्थापन गर्दै अन्तर–स्थानीय तह, प्रदेश र संघसँगको समन्वयमा १० वर्षे दीर्घकालीन योजना आवश्यक रहेको उहाँ बताउँनु हुन्छ । यस्तो योजनाले व्यापार विस्तार र रोजगारी सिर्जनामा टेवा पु¥याउने उहाँको विश्वास छ ।

सुमन श्रेष्ठको राजनीतिक र सामाजिक यात्राको मूल ध्येय चेतनाको माध्यमबाट सुसंस्कारयुक्त, समन्वयकारी, स्वच्छ र समझदारीपूर्ण समाज निर्माण हो । विकास र राजनीतिलाई टकराव होइन, सहकार्य र संवादको माध्यमबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास उहाँका काम र सोचमा स्पष्ट देखिन्छ । 

सुनसरी–१ बाट प्रतिनीधि सभा सदस्य आकांक्षी

इन्जिनियरिङ क्षेत्रमा रणनीतिक योजना र नीति निर्माणमा अब्बल, अब सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्य बन्न आकांक्षी हुनुहुन्छ । उहाँ केवल सिभिल इन्जिनियर मात्र होइनन, दुई दशकको व्यवसायिक अनुभव र स्थानीय विकासको नेतृत्व क्षमता भएका नेता हुनुहुन्छ । 

उहाँको दृष्टिकोणमा धरान र सुनसरी क्षेत्रलाई शैक्षिक, पर्यटकीय र आर्थिक केन्द्र बनाउनु प्राथमिकता हो । उहाँ स्थानीय श्रोत साधनको प्रभावकारी व्यवस्थापन, दीर्घकालीन योजना र रोजगारी सिर्जनामा विश्वास राख्नुहुन्छ । साथै, सुसंस्कारयुक्त, स्वच्छ र समझदारीपूर्ण समाज निर्माणमा पनि सक्रिय हुनुहुन्छ । 

श्रेष्ठ अन्य प्रतिस्पर्धीभन्दा अब्बल हुनुको कारण हो—उहाँसँग इन्जिनियरिङ ज्ञान, नीति निर्माण अनुभव, राजनीतिक नेतृत्व र स्थानीय विकासको ठोस दृष्टिकोण सबै उपलब्ध छन् । सुनसरी–१ का मतदाताले मात्र नेतृत्व र अनुभवी दृष्टिकोणलाई मतदान गरेर फरक देखाउन सक्ने अवसर पाउँछन् ।

अन्य प्रतिस्पर्धी

उहाँसँगै प्रत्यक्ष निर्वाचनमा सुनसरी–१ बाट २०७९ सालको निर्वाचनमा उपविजेता बन्नु भएका सरिन तामाङ पनि आकाक्षी हुनुहुन्छ । यस्तै निर्वतमान जिल्ला सभापति जीवन कुमार श्रेष्ठ, धरान नगर सचिव ख्यामप्रसाद फुयल, नगर सदस्य रामकुमार राउत पनि दावेदारमिा हुनुहुन्छ । पार्टीले व्यक्तिको योग्यता क्षमता र पार्टी योगदानका आधारमा छनौट गर्ने धरान उपमहानगरका संस्थापक संयोजक राम कार्कीले जानकारी दिनु भयो ।