धरान / नेपालका धेरै युवाका लागि ‘खेती’ अझै पनि बाध्यता जस्तो लाग्छ। तर धरानका जेन जी उमेरका राम कार्की ती थोरै व्यक्तिमध्ये पर्छन्, जसले कृषीलाई सम्भावनाको केन्द्र ठाने—र त्यसलाई व्यवहारमै उतारे। माटोसँगको आत्मीयता, पसिनासँगको सम्मान र देशमै केही गर्न सकिन्छ भन्ने दृढ विश्वासले राम कार्कीलाई आज यहाँसम्म ल्याएको छ।

राम कार्की कुनै भाषणमुखी नेता होइनन्। उनले देश परिवर्तनको सपना देख्दा सधैं खेतबारी, किसान र उद्यमलाई केन्द्रमा राखे। “देशको यथार्थ परिवर्तन खेतबारी अथाृत कृषी कर्मबाट सुरु हुन्छ” भन्ने उहाँको भनाइ नारा मात्र होइन, जीवनशैली हो। विदेशिनु बाध्यता होइन, सही नीति, इमानदार नेतृत्व र लगनशील श्रम भए कृषि र उद्यममै भविष्य सम्भव छ भन्ने उदाहरण उहाँ स्वयं हुनुहुन्छ ।

पार्टी र जनतासँगै हुर्किएको नेतृत्व

राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना कालदेखि नै पार्टी र देशका लागि आहोरात्र खटिँदै आउनु भएका राम कार्की धरान नगरका संस्थापक सभापति हुन्। जनताको दुःख–सुखमा सधैं साथ दिँदै आएका कारण उहाँ केवल पार्टीका नेता मात्र होइनन्, जनताका भरोसायोग्य सहयात्री बन्नु भएको छ । सत्ता होइन, जिम्मेवारी खोज्ने उहाँको अभ्यासले उहाँलाई पार्टीभित्र र बाहिर फरक बनाएको छ।

सङ्खुवासभाको विकट गाउँपालिका सिलिचुङमा जन्मनु भएका सनातकसम्म अध्ययन गर्नु भएका कार्कीको सार्वजनिक जीवनको विशेषता भनेकै—सत्य बोल्ने साहस, निष्कलंक छवि र सरल स्वभाव। शिक्षा र कृषि क्षेत्रमा अपार सम्भावना छ भन्ने उहाँको विश्वास व्यवहारमै देखिन्छ। किसानका मुद्दामा उनी कहिल्यै सम्झौता गर्दैनन्। “म जहिले पनि किसान मुद्दामा अडिग रहनेछु” भन्ने प्रतिबद्धता उहाँका शब्द मात्र होइन, कर्म हुन्। पशुपालक किसान महासंघ सुनसरीको अध्यक्ष भएर कृषकको हकहितमा लडाई पनि उहाँ लडिरहनु भएको छ । 

संसदप्रतिको दृष्टि

राम कार्कीका लागि संसद पद प्रतिष्ठाको साधन होइन, जिम्मेवारीको थलो हो। संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीको आवाज स्पष्ट, जिम्मेवार र जनमुखी हुनुपर्छ भन्ने उहँको चाहना छ। सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र र पार्टी सदस्य तथा शुभेच्छुकहरूको भावना सही रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यता उहाँ बोकेर आउनु भएको छ । पार्टीभित्र योगदान र विचारको कदर हुने संस्कार बलियो बनाउनुपर्ने उहाँको अडान छ।

प्राइमरी इलेक्सनः व्यक्तिभन्दा विचारको छनोट

प्रतिनिधिसभा समानुपातिकतर्फको उम्मेदवार छान्ने प्राइमरी इलेक्सनलाई राम कार्की केवल व्यक्ति चयनको प्रक्रिया मान्नुहुन्न । उहाँको दृष्टिमा यो पार्टीको भविष्य, विचार र यात्रालाई अघि बढाउने सहयात्री छनोट गर्ने अवसर हो। यही विश्वासका साथ उहाँले पार्टीभित्र आफ्ना साथीहरूसँग मत र विश्वास मागिरहनु भएको छ । 

“तपाईंको एक मतले मलाई मात्र होइन, पार्टीभित्र लोकतान्त्रिक अभ्यास, पारदर्शिता र विश्वासको संस्कारलाई बलियो बनाउँछ” भन्ने उहाँको आग्रह पार्टीभित्रैबाट राम्रो प्रतिनिधि छान्ने अभ्यासलाई सफल बनाउने उद्देश्यसँग जोडिएको छ।

राम कार्कीको जीवनले एउटा स्पष्ट सन्देश दिन्छ— “देशप्रेम भनेको भाषण होइन, काम गरेर देखाउने हो।” कृषिमा आधारित समृद्ध नेपालको सपना, इमानदार नेतृत्वको चाहना र श्रममाथिको भरोसा बोकेका राम कार्की आज राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसदका सशक्त उम्मेदवारका रूपमा अगाडि बढिरहनु भएको छ । आज गरिने सही छनोटले भोलि सन्तानलाई गर्वका साथ भन्न सकिनेछ— “हामीले सही व्यक्तिलाई चुनेका थियौं।” यही सन्देश लिएर कार्की छनोट प्रक्रियामा सहभागी हुनु भएको छ ।