धरान / नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा विवाहित महिलाहरूको प्रतिभा, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले धरानमा मिसेस तीज क्वीन धरान २०८२ सिजन–१’ को आयोृजना गरिएको छ ।
शिल्पी स्मार्ट नेपाल, धरानको आयोजनामा भएको प्रतियोगिताको ग्राण्ड फिनाले शनिबार साँझ धरानमा सम्पन्न भएको छ। प्रतियोगितामा ११ जना विवाहित महिलाहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको अन्तिम चरणमा मनिषा विश्वकर्माले मिसेस तीज क्वीन धरान २०८२ को उपाधि हात पार्न सफल हुनु भयो ।
त्यसैगरी, लुना कपाली फष्ट रनर अफव र शान्ति राई सेकेण्ड रनर अफ हुनु भयो । यस्तै पब्लिक च्वाइस उपाधि सुस्मिता विश्वकर्माले प्राप्त गर्नु भयो ।
संस्थाकी अध्यक्ष मीना गजमेरका अनुसार, धरानमा पहिलोपटक सम्पन्न सो प्रतियोगिता आगामी वर्षदेखि हरेक तीजमा नियमित रूपमा आयोजना गरिने छ। विजेताहरूलाई क्राउन, गिफ्ट ह्याम्पर प्रदान गरिनुका साथै धरानस्थित मिक कम्प्युटरमा तीन महिनाको निःशुल्क कम्प्युटर तालिमको व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि धरान उप–प्रमुख अइन्द्र विक्रम बेघा रहनु भएको थियो । प्रतियोगितामा मेरिना तुम्सा लिम्बु तथा सविता भुजेलले कोरियोग्राफरको भूमिका निर्वाह गर्नु भएको थियो । निर्णायक मण्डलमा प्राध्यापक गगनमान श्रेष्ठ तथा मिसेस प्रान्त आइडल २०२२ की विजेता भावना जबेगु सहभागी रहनु भएको आयोजकले जनाएको छ । आगामी बर्षको तीज उत्सवमा भव्य प्रतियोगिता गरेर विवाहित महिलाहरुको प्रतिभा प्रस्फुटन गरिने संस्थाकी अध्यक्ष गजमेरले जानकारी दिनु भयो ।
![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)


















