धरान / वुमन्स वर्थ ग्रुप ९ध्ध्न्० को आयोजनामा यहि वैशाख १३ गते शनिबार सम्पन्न भएको मिसेस स्टेट २०२५ सिजन थ्रीको कोशी प्रदेशस्तरीय पहिलो अडिसन सफलतापूर्वक सम्पन्न भएको छ।

गृहिणी महिलालाई लक्षित गरी आयोजना गरिएको मिसेस स्टेट सिजन थ्रीको पहिलो अडिसनमा आठ जनाले सहभागिता जनाएका थिए। धरान पुतलीलाइनस्थित हाङकुक साराङ रेस्टुरेन्टको हलमा सम्पन्न अडिसन वुमन्स वर्थ ग्रुपकी अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो।

निर्णायकको रूपमा महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता शिला वज्राचार्य, कोरियोग्राफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनकी विजेता सम्झना विश्वकर्मा तथा धरान मेघा हिमालयन कलेजका होटल व्यवस्थापन विभाग प्रमुख पोषणबाबु श्रेष्ठले भूमिका निर्वाह गरेका थिए।

अडिसनको औपचारिक कार्यक्रममा अध्यक्ष सुजता श्रेष्ठले मिसेस स्टेट सिजन थ्रीबारे प्रकाश पार्नुभयो। त्यसैगरी पहिलो सिजनकी विजेता सम्झना विकले आफ्ना अनुभवहरू सहभागीहरूसँग सेयर गरेकी थिइन्। कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको थियो।

वुमन्स वर्थ ग्रुपका सचिव ज्योति राईका अनुसार दोस्रो अडिसन आगामी वैशाख २० गते शनिबार पुतलीलाइनस्थित चौथो रेस्टुरेन्टमा आयोजना हुनेछ।

मिसेस स्टेट २०२५ सिजन थ्रीको ग्रान्ड फिनाले यहि जेठ १७ गते शनिबार धरान–१६ स्थित गुरुङ बीबीक्यु पार्टी प्यालेसमा हुने बताइएको छ।

सिजन थ्रीका विजेताले नगद पुरस्कार क्रमशः एकाउन्न हजार, पच्चीस हजार र पन्ध्र हजार रुपैयाँसहित क्राउन, ट्रफी तथा गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।

त्यसैगरी विभिन्न शीर्षक पुरस्कार अन्तर्गत मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटी, मिसेस ब्युटिफुल, मिसेस फ्रेन्डशिप, मिसेस वेस्ट वाक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ तथा पिपल्स च्वाइस अवार्ड प्रदान गरिनेछ। यी शीर्षक विजेताले ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्।