धरान । धरान १६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रेन हाउस एण्ड ट्रेनिङ सेन्टरको १२ औं वार्षिक उत्सव तथा दिक्षान्त समारोह सम्पन्न भएको छ । 

सेन्टरका अध्यक्ष ज्ञान्दिप लिम्बुको सभापतित्वमा स्थानीय याख्खा भवनमा भएको कार्यक्रममा धरान १६ का वडाअध्यक्ष मुरारीप्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । 

समारोहमा पिजी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुले विभिन्न नृत्य, गित प्रस्तुत गरेका थिए । नर्सरीदेखि कक्षा २ र ३ का विद्यार्थीहरुले विज्ञान प्रयोगात्मक प्रदर्शनी गरेका थिए । उत्तिर्ण विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष भट्टराईले दिक्षान्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी भट्टराईले सेन्टरले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै अभिभावकहरुलाई सन्तुष्टि दिएको बताउनु भयो । मन्टेश्वरीदेखि नै विद्यार्थीहरुको शैक्षिक विकाशमा योगदानमा महत्वपुर्ण योगदान रहेको उहाँले बताउनुभयो ।  

कार्यक्रममा सुनाखरी एकेडेमीका प्रिन्सिपन मिलनकुमार राई, बुद्ध आदर्श बोर्डिङ स्कुलका प्रिन्सिपल दिलिप योगी, पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका सह–प्राध्यापक तुलाराम भण्डारीकोसमेत सहभाष्तिा रहेको थियो ।