सप्तरी / जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्लामा कार्यरत बरिष्ठ प्रहरी हवाल्दारदेखि प्रहरी जवानहरुलाई ‘भीड नियन्त्रण विशेष अनुशिक्षण तालिम’ दिएको छ ।
६ दिनसम्म सञ्चालन भएको उक्त तालिममा जिल्लामा रहेका प्रहरीहरुको सहभागीता रहेको थियो । तालिममा आपतकालिन अवस्थामा भिड नियन्त्रण सम्बन्धी व्यवहारिक ज्ञान तथा दक्षता अभिवृद्धिका विषयहरु प्रस्तुत गरिएको थियो
आइतबार गरिएको समापन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले प्रमाण पत्र वितरण गदैं तालिम अनुरुपको फिल्डमा काम गर्न निर्देशन दिएका थिए । कार्यक्रममा सहभागीहरुले आफ्नो अनुभव समेत बताएका थिए ।