इटहरी । कोशी प्रदेश कै अव्बल सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालय इटहरीको ६८ औं स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रुपमा मनाउने भएको छ । 

स्थापना दिवसको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले जानकारी दिनुभयो । 

आउँदो माघ १५ गते मंगलबार हुने विद्यालयको ६८ औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा पूव राष्ट्रपति  भण्डारीले  नव निर्मित १२ कोठे भवनको उद्घाटनसमेत गर्ने कार्यक्रम तय भएको छ । 

भौतिक पूर्वाधारयुक्त विद्यालयले थप १२ कोठाको भवन निर्माण सम्पन्न गरेको छ । बर्षैपिच्छे विद्यार्थीहरुको चाप बढेकाले भवन थप्न परेको अध्यक्ष दंगालको भनाई छ ।  भवन र कक्षाकोठा अभावमा वर्षेनी ८ सय बढी विद्यार्थी भर्ना नपाएर फर्कनु परिरहेको उहाँले सुनाउनु भयो । 

हाल ३ हजार विद्यार्थीहरु उक्त विद्यालयमा अध्यनरत छन् ।