धरान । “साँझ परेपछि नि लैलै” सबैको जिब्रोमा झुण्डिएको गीत हो । नेपाली भाषीहरुको बसोवास रहेको भारतको पहाडी भूमि कालेबुङका गायक अनमोल गुरुङले गाएको यो गीत अहिले युटुवमा दश मिलियन अर्थात एक करोड दर्शक पाएको छ । त्यही भएर सबै संगीतप्रेमीहरुको रोजाइमा छन गायक अनमोल गुरुङ । 

तिनै गायक गुरुङ आज सोमबार धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा प्रस्तुत हुने भएका छन् । उहाँका हजारौँ रहरलगायतका गीहरुले समेत युटुवमा दश मिलियन दर्शक पाएकोछ । एउटै पिरतीलगायत दर्जनौँ चर्चित गीतका गायक गुरुङलाई धरान १५ स्थित बगरकोटमा आज साँझ ८ बजेदेिख सुन्न पाइने छ ।  

प्रत्येक दिन नयाँनयाँ कलाहरु प्रस्तुत गरिरहेको नेचर क्लव धरानले आज सोमबार गायक गुरुङलाई धरान ल्याइएको क्लवका अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो । 

गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आज नवौँ दिन सोमबार धराने दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गुरुङलाई धरान ल्याइएको राईले बताउनु भयो ।