धरान । डिपो स्कुलद्वारा आयोजित १९ औं अम्वर ललित डिपो कपको उद्धघाटन खेलमा आयोजक डिपो स्कुल रेड टिम विजयी भएको छ ।
शुक्रबार सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले उद्घाटन गरेको खेलमा खेलमा डिपोले देउराली चिल्ड्रेन स्कुललाई ५–० फराकिलो गोल अन्तर निकाल्दै सहज रुपमा जित निकालेको छ ।
खेलमा डिपोका सुरज राणा मगरले ह्याट्रिक गरे । यसै गरि डिपोका कुशल राईले दोस्रो हाफको १२ मिनटमा गोल गरे । एक गोल भने देउराली चिल्डे्रनका सक्षम राईले पहिलो हाफको ११ औ मिनेटमा आफ्नै गोल पोस्टमा अत्मघाति गोल गरेका थिए । खेलको म्यान अफ द म्याच देउराली चिल्डे्रनका उज्वल घतानि घोषित भए । उनलाई कार्यक्रमका प्रमूख अतिथि सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले ट्रफि प्रदान गर्नु भयो ।
कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको छ । कार्यक्रमको अध्यक्षता डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अमरवहादुर लिम्वुले गर्नु भएको थियो ।
उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दास्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । शिक्षासंगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनीहरुमा भएको प्रतिभालार्इ प्रोत्साहन गर्नलाई प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य राजकुमार राईले मन्तव्यको क्रममा जानकारी दिनुभयो । अम्वर ललित डिपो कप २०६१ साल देखि सुरु भएको हो । उद्धघाटन कार्यक्रममा डिपो स्कुल वोर्ड अफ ट्रस्ट्रिजका अध्यक्ष भिमराज लिम्वु, विद्यालय व्यवस्थापन समिति सदस्य एवं प्रतियोगिता संयोजक दिपवहादुर राई, सदस्य सुर्यपन्धाक लिम्वु, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काप्mले, निर्वतमान अध्यक्ष जनकऋषि राईलगायतको उपस्थिति रहेको थियो ।