काठमाडौं /  नेकपा (एमाले) ले पार्टीका पूर्वउपाध्यक्ष भीम रावलसिहत तीनजना नेताहरूलाई कारबाही गरेको छ । बुधबार बसेको सचिवालय बैठकले  रावलसँगै, स्थायी कमिटी सदस्य डा‍ विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई कारबाही गरेको हो ।

पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निस्काशित गरिएको छ । यस्तै, नेतृद्वय पाण्डे र तिमल्सेनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनु भएभएको छ । 

पार्टीको हित विपरीत अभिव्यक्ति दिएको भन्दै पार्टीले तीनजनालाई स्पष्टीकरण सोधेको थियो । बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।

यस विषयमा रावले आफुमाथिको कारबाही ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही मनस्थितिको उपज भएको प्रतिक्रिया दिनु भएको छ ।  उहाँले साम्यवादी विचार र जनताको बहुदलीय जनवादी विचारलाई तिलाञ्जली दिएर आफुविरुद्ध खनिए उहाँको भनाई छ ।  विन्दा पाण्डेले पार्टीलाई मनिबहादुर गुरुङले दिएको जग्गाको विषयमा विरोध गर्नु भएको थियो । 

बैठकले सरकारको कामकारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताउनु भएको छ ।  वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उहाँले बताउनु भयो  ।