धरान / नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको अवसरमा धरानमा देउसीभैलो खेलेर मनोरञ्जन गर्नेहरुको आकर्षण बढेको पाइएको छ ।
विभिन्न उद्देश्य र योजनाअघि सारेर देउसीभैलो खेल्ने संघ संस्थाहरूको सङ्ख्या ह्वात्तै बढेको बढेको छ । झन युवा पुस्नताहरु काँधमा गिटार बोकेर देउसी खेल्न हिडेको दृष्यले मन लोभ्याएको छ । विगतका वर्षहरूमा बढिजसो बालबालिकाहरू मात्र देउसीभैलो खेलेको देखिने गरे पनि यसपटक भने पाका पुस्तासमेत दैनिक देउसीभैलोमा रमाइरहेका छन् ।
विगतमा हिन्दी, नेपाली गित लगाएर नसाको भरमा नाच्ने युवा पुस्ताहरु पनि मादन, गिटार बजारएर आफै देउसी भट्याएको पनि निकै ठाउँ भेटिएका छन् । युवा पुस्ताहरुमा भएको यो लगावले संस्कार र संस्कृति लोप हुन नपाउने बुडापाका बताउनु हुन्छ ।
धरानमा यसपटकको तिहारमा झण्डै दुई वटा समूहले देउसीभैलो कार्यक्रम गरिरहेका अनुमान छ । फोटो पत्रकार महासंघ सुनसरीले क्यान्सर पीडितका लागि सहयोग गर्ने उद्देश्यले कात्तिक १४ गतेदेखि नै देउसीभैलो कार्यक्रम गरिरहेको छ । धरानका विभिन्न चोकहरुमा यहाँका डान्स सेन्टरहरु गरिमा, धरान, युनिकलगायत दर्जनौ डान्स सेन्टरहरुले तताईरहेका छन् । उनीहरुले तिहार सकिएको एक सातासम्म देउसी खेल्ने गरेका छन् । अन्य संघ संस्था र व्यक्तिविचको समुहहरुले धरानका प्रतिष्ठित व्यक्ति, व्यापारी, उद्यागीहरुको घरमा देउसी खेलिरहेका छन् । समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्न विगत ६र७ बर्षदेखि देउसी खेल्दैं आएको प्रेस चौतारी नेपाल सुनसरीका उपाध्यक्षसमेत रहनु भएका सुनसरी फोटो पत्रकार महासंघका अध्यक्ष विकास चाम्लिङले जानकारी दिनु भयो । प्रत्येक बर्ष कुनै न कुनै सामाजिक काम गनेृ उद्देश्य राखी धरानका केही अग्रज पत्रकारहरुको सहकार्यमा देउसी खेल्दैं आएको उहाँले बताउनु भयो । धरानमा अन्य पत्रकारहरुले पनि टोली बनाएर देउसी खेलिरहेका छन् । देउसी खेलेर पैसा बाढेर तिहार मनाउदैं आएको पनि पाइएको छ ।
यस्तै, विभिन्न पार्टीहरुले पनि विभिन्न उद्देश्य राखेर देउसीभैलो खेलिरहेका छन् । नेकपा एमाले धरानका २० वटा वडा कमिटीहरुले देउसी खेलिरहेका छन् । कार्य संचालन तथा आफ्ना कार्यकर्ताहरु समास्या परेका बेला सहयोग गर्ने उद्देश्यले देउसी कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले १५ नं. वडा कमिटी अध्यक्ष ज्ञानेन्दै बस्नेतले जानकारी दिनु भयो । यस्तै नेकपा माओवादी केन्द्र, राष्टिय प्रजातन्त्र पार्टीलगायतले पनि समुह बनाएर देउसी खेलिरहेको छ । यस पटक पार्टीकाे उपमहानगर कमिटीले नखेलेर सबै वडा कमिटीहरुले खेलेकाे धरान उपमहानगर कमिटीका सचिव राजेन्द्र राईले जानकारी दिनु भयाे । उठेकाे पैसाले कार्यकर्ताहरुकाे व्यक्तित्व तथा नेतृत्व विकासमा खर्च गरिने सचिव राईले जानकारी दिनु भयाे ।
यस्तै धरान १५ को सृर्जनशिल टोल विकास समुहले पनि देउसी खेलिरहेको छ । संस्कार र संस्कृतिलाई जीवितै राख्न तथा संस्थाको कोष स्थापना गर्न देउसी खेलिएको संस्थाकी सदस्य कमला खड्काले बताउनु भयो ।
यसबाहेक विभिन्न आमा समूह, टोलविकास संस्था, क्लवहरु, विभिन्न समुह, विद्यार्थीलगायतका संस्थाहरूले पनि देउसीभैलो कार्यक्रम गरिरहेका छन् । धरान र आसपासका क्षेत्र देउसीभैलोका गीतले गुन्जयमान छन् ।
देउसीभैलोमा मौलिकता भने हराउँदै गएको छ । परम्परागत रूपमा भट्टाउने र देउसीरे भन्ने तथा गाउँ समाजका कथावस्तु देउसीरे मार्फत सुनाउने प्रचलन हटेको छ । आधुनिक साउण्ड सिष्टममा विभिन्न नेपाली लोक, पप तथा हिन्दी गीत समेतमा नाच्नाले मौलीकता हराउँदै गएकोमा अव यो जिवीत राख्न युवा पुस्ताले योगदान गर्नु पर्ने सुनसरी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष तथा व्यवसायी गोपाल श्रेष्ठ बताउनु हुन्छ ।
सुनसरीको पुर्व पश्चिम राजमार्गदेखि तल बस्ने समुदायहरु तीन जनाको समुह बनाएर ढोल झ्याम्टा बजाएर धरानमा बर्षैपिच्छे देउसी खेल्ने गर्दछन् । धरानमा लाहुरे समुदायिले दक्षिणा धेरै दिने भएकाले उनीहरु तिहारमा धरान आएर भाईटिकासम्म देउसी खेलेर घर जाने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै आपराधिक घटना न्यूनीकरण गर्न राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले कात्तिक १४ गते सूचना जारी गरि प्रचलित कानुननको पालना गदैं उत्सापूर्व तिहार मनाउन अनुरोध गर्नु भएको छ । धार्मिक सद्भाव कायम राखी संस्कार र संस्कृतिलाई सम्मान गर्न पनि श्रेष्ठले अनुरोध गर्नु भएको छ ।