धरान / शुभ दीपावली २०८१ को शुभ अवसरमा विजयपुर नेटवर्क प्रालिको सहकार्य तथा सुमन मगरको संयोजनमा विहीबार आयोजित एक दिवसीय मैत्रीपूर्ण व्याटमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।
एलम्बर सामुदायिक वन उपभोक्ता समुहको खेलमैदानमा आयोजित प्रतियोगितामा मेन्स डब्वल र मिक्स क्योेगोरीमा खेलाइएको थियो । १५ वटा टिम सहभागी प्रतियोगितामा गौरव लिम्बु र सर्मिला लिम्बुको जोडी प्रथम भएको छ भने ज्ञानु तेम्वे र सोनी मगरको जोडी दोश्रो भएको छ । गौरवको जोडीले ज्ञानुको जोडीलाई २१-१४, १९-२१ र २१-१५ को सेटमा पराजित गरेको थियो । विजेता जोडीले नगद १० हजार पुरस्कार पाउनु भएको छ भने उपविजेता जोडीले नगद ५ हजार पुरस्कार पाउनुभएको छ । यस्तै दुवै पोलबाट तेश्रो स्थानमा पुग्न सफल तेज इवा र राजकुमार राईको जोडी तथा प्रविण तामाङ र बुद्धि चेम्जोङको जोडीलाई नगद २।२ हजार पुरस्कार वितरण गरिएको छ ।
विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष नरेस इवारामले पुरस्कार वितरण गर्नु भयो । उहाँले स्वास्थ्यका लागि खेल आवश्यक भएकाले यस्ता प्रतियोगिता गर्न वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धा व्यक्त गर्नु भयो ।
प्रतियोगिताको समापन कार्यक्रममा धरान व्याटमिन्टन क्लवका उपाध्यक्ष मुक्ति सेरिङ, सुनसरी बास्केट वल संघका अध्यक्ष नारायण सुवेदी, उसुका अन्तर्राष्टिय निर्णायक तथा प्रशिक्षक राजेन्द्र राई, बास्टेक वलका कोशी प्रदेशका प्रशिक्षक विकास चाम्लिङ, नेपाल यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, २ नं. वडाका वडा सचिव तथा एलम्बर सामुदायिक वन उपभोक्ता समुहका सल्लाहाकार मुगाधन राई, समाजसेवी शान्ता लिम्बुलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता संयोजक सुमन मगरको अध्यक्षतामा भएको कार्यक्रमममा विजयपुर नेटवर्क प्रालिका अध्यक्ष देवेन्द्र काकीले प्रतियोगितामा सहयोग गर्ने मेयर कलेक्सन, कला लिम्बु, एलम्बर सामुदायिक वन उपभोक्ता समुह,१५ न वडा समितिलाई धन्यवाद दिनु भएको थियो ।