ठूलो पर्दाको चलचित्रमा अभिनय गदैं 

धरान / धरान उपमहानगरपालिका वडा नं. १३ निवासी नमिक्षा मगर १२ बर्षकी हुनु भयो । उहाँका पिता नरेस मगर युवा निर्माण व्यवसायी हुनुहुन्छ । माता मीसु मगर(राई)  निर्माण सामग्रीको पसल गर्नु हुन्छ । नमिक्षा धरानको के के इन्टरनेसनल स्कूलमा कक्षा ६ मा पढ्नु हुन्छ । प्रष्ट आवाज, मिलेको जीउडाल, उत्कृष्ट पारिवारिक वातावरणले उहाँलाई सानै उमेरमा अव्बल कलाकारको उचाई मिलेको छ । विद्यालयका हरेक अतिरिक्त क्रियाकलापको अगुवाई गर्ने अवसर पाउदैं आउनु भएको छ । आफ्ना कुरा प्रष्ट राख्ने, नेतृत्व गर्ने सक्ने क्षमताका कारण विद्यालयमा हुने गीत, नृत्य, व्यक्तित्व कला, चित्रकला, हेण्डराइटिङ लेखन, अभिनय, खेलकुदका कार्यक्रममा उहाँ सधै अगाडी हुनुहुन्छ । अभिनय कला, नृत्य, खेलकुद, फाइटिङ र मोडलिङमा निकै चासो राख्ने नमिक्षा यति बेला पढाइसँगै नृत्य र वास्केटवल खेल सिक्दैं आउनु भएको छ । नर्सरी पढ्दैं गर्दा ममीको मोवाइलनमा अरुले नृत्य गरेको टिकटक हेरेर नृत्यमा रुची बढेको उहाँको भनाई छ । विद्यालयका हरेक अतिरिक्त क्रियाकलापमा उहाँको नाम अगाडी आउछ । 

कुनै कुरा देखे पछि अरुले राम्रो गरेको थाहा पाए पछि उहाँ त्यही कुरामा चासो राख्ने र त्यो काम गर्न सानैदेखि जिद्धि गर्ने बानी छ । परिवारकी एक्ली छोरी भएका कारण उहाँको रुची अनुसारको इच्छा आकाक्षा परिवारले पुरा गदैं आउनु भएको छ । मध्यम वर्गिय परिवारमा जन्मेकी नमिक्षा आमा वावाको साथ र सहयोगले र उहाँको मेहनेत तथा लगावले पछिल्लो समय अभिनय क्षेत्रमा ठूलो फड्को मार्न सफल हुनु भएको छ । 

६ बर्ष अघि नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को केही भाग सुटिङ धरानमा भएको थियो । त्यो सुटिङ उहाँको धरान १० स्थित पसल अगाडी भएको थियो । त्यो दृष्य हेरेर नमिक्षाको अर्को रुचीको विषय थपियो । सुटिङ हुँदैं गर्दा उहाँले आमा मिसु मगरलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव राख्नु भयो । उहाँको जिद्धि गर्ने वानी थियो । तत्कालै फिल्ममा अभिनय गर्ने रोल चाहियो । यो कुरा उहाँका बाबा नरेस मगरलाई पनि सुनाउनु भयो । छोरीले राखेका मागेका हरेक कुरा प्रस्तावमा बाबा नरेसले अहिलेसम्म नाइ भनेको रेर्कड छैन् । तर छोरीको फिल्ममा खेल्ने रहर पुरा गर्ने कुरा निकै अप्ठ्यारो र पहुँच बाहिर थियो । तथापी नरेसले त्यही फिल्मको सुटिङकै क्रममा उहाँले चिनेका फिल्म क्षेत्रका कलाकार अरुण प्रधान पनि आउनु भएको थियो । पसलमै बोलाएर उहाँले छोरीको चाहान बताउनु भयो । गाउँ आएको बाटोमा बालबालिकाको रोल गाउँमै सुटिङ भएको जनाउ दिदैं अरु कुनै फिल्ममा रोल आए मिलाई दिने प्रतिवद्धताले नमिक्षा ढुक्क हुनु भयो । 

nami

त्यस पछि त झन नमिक्षामा अभिनय गर्ने इच्छा झन तिव्र हुँदैं गयो । २०७९ सालमा लघु चलचित्र ‘कतव्र्य’ मा डान्स गर्ने मौका कलाकार विनाेद रसाइलीकाे सहयोगमा नमिक्षाले पाउनु भयो । त्यस पछि सानातिना सिरियल खेल्ने मौका मिल्यो । २०७९ मा रिलिज भएको प्रकाश लिम्बुको निर्देशनमा बनेको ‘किताव’ लघु चलचित्रमा छोरीको मुख्य भूमीकामा खेल्ने अवसर पाउनु भयो । अभिनयको कुनै तालिम नलिई उहाँलाई दिएको ‘क्यारेक्टर’ कुसलतापूर्वक भूमिका निर्वाह गरे पछि चलचित्र निर्देशक निर्माताहरु उहाँको लगाव, मेहनेत र प्रस्तुतीबाट प्रभावित भए । कितावका निर्देशक प्रकाश लिम्बुको सहयोगमा अन्य चलचित्रमा खेल्ने अवसरहरु उहाँलाई आयो । विनोद रसाइलीले निर्माण गरेको ऐतिहासिक चलचित्र ‘प्रभू कति महान’ मा छोरीको भूमिकामा खेल्ने अवसर पाउनु भयो । यस चलचित्रमा नेपालीहरु क्रिश्चियन कसरी भएका छन् भन्ने कथाबस्तु रहेको छ । 

त्यस पछि त नमिक्षा नेपालका ख्यातीप्राप्त नायक दयाहाङ राईको साथमा पुग्नु भयो । नेपालकी चर्चित फुटवल खेलाडी अञ्जीला सुब्बाको जीवन कथामा निर्माण भएको ‘अञ्जली’ मा उहाँले दयाहाङ राईको छोरी जो सानो छदाकी अञ्जलीको दिदीकाे भूमिकामा अभिनय गर्ने अवसर पाउनु भयो । मिलन चाम्स्ले निर्माण गरेको उक्त चलचित्रबाट उहाँको अभिनयले कलाकारिताको यात्रा फराकिलो बनायो । यो ठूलो पर्दाको चलचित्र हो । साना ठूलो पर्दाका चलचित्र निर्माताहरुले आजभोली बच्चाको रोलमा नमिक्षालाई खोज्न थालेका छन् ।  ‘अञ्जली’ यही फागुन २१ गतेदेखि बजारमा रिलिज हुदैंछ । अञ्जली चलचित्रमा उहाँले सहायक पात्रको रोल पाए पनि उहाँको अभिनयले सबैलाई प्रभावित बनाएको नायक दयाहाङ राई बताउनु हुन्छ ।  ठूलो पर्दाको चलचित्रमा मौका पाए पछि उहाँको कलाकारिताको दायरा फराकिलोसमेत बनेको छ । ‘अञ्जली’ मा सफलता पाए पछि यही कात्तिक महिना भित्र च्यारिटी सो मार्फत रिलिज हुन लागेको लघु चलचित्र ‘श्रमदान’मा नायक प्रकाश लिम्बुको छोरीको रोलमा अभिनयको मौका पाउनु भएको छ । लिम्बुुले बनाएको चलचित्रमा पनि उहाँको अभिनय बेजोड रहेको छ । 

namiksha magar

कतिपय चलचित्रमा पात्रहरुले आफ्नो रोल राम्रो गर्न नसक्दा धेरे समय सुटिङमा लाग्ने गर्दछ । तर नमिक्षालाई यो सयम यो रोल हो भनेर ‘क्यारेक्टर’ दिए पछि एक टेकमा नै राम्रो भूमिका निर्वाह गर्नु हुन्थ्यो । त्यो भएर पनि उहाँको अभिनय र लगावप्रति निर्माताहरुको नजर बसेको हो । उहाँले अभिनयको कुनै कक्षा लिनु भएको छैन् । तर पनि एक पटक भने पछि जुनसुकै रोल पनि राम्रो गर्ने खुवी भएको कलाकार मिलन चाम्स् बताउनु हुन्छ । उहाँको पात्रमा नेचुरल अभिनयले चलचित्रको उचाइसमेत नमिक्षाले थपिदिनुभएको छ । उहाँले खेलेको किताव, प्रभु कति महान चलचित्र बजारमा आइसकेको छ । भने अञ्जली र श्रमदान रिलिज हुने क्रममा छन् । उहाँको बेजोड अभिनयले कलाकारिताको यात्रा पनि तय गरेको छ । सानातिना चलचित्र र सिरियलहरुमा खेल्ने अफर आउन थालेको आमा मीसु मगरले बताउनु भयो । छोरीको रहन पुरा गर्न हामी अभिभावक सहमत भएको उहाँ बताउनु हुुन्छ । अव यही महिनादेखि सुटिङ हुने ‘कुरै नगरौं’ भन्ने टेलिसिरियलमा उहाँले मुख्य रोल पाउनुभएको छ । कात्तिक २५ गतेसम्म विद्यालय छुट्टी छ । यही मौकामा उहाँ चलचित्रहरुमा खेल्ने योजना बनाउनु भएको छ । पछिल्लो चलचित्रमा अभिनय वापत उहाँले ९० हजार पारिश्रमिकसमेत पाउनु भएको छ । अभिनय क्षेत्रबाट कमाएको पैसा उहाँले आफ्ना बाबालाई बुझाएको बताउनु भयो । उहाँको पारिश्रमिक र चाडपर्वमा संकलन भएको पैसा उहाँको नाममा खाता खोलेर राखिदिएको उहाँकी आमा मिसुले बताउनु भयो । 

उहाँको अभिनय यात्रासँगै आफ्नो पढाइलाई पनि निरन्तर लाने उहाँको चाहाना छ । पढेर भविष्यमा डाक्टर बन्ने उहाँको अर्को ठूलो सपना छ । पढाइमा पनि उहाँ अव्वल नै हुनुहुन्छ । २ बर्ष अघि बाबाको मृगौलामा पर्थरीको समस्या भएको थियो । ठूलो अस्पताल राम्रा चिकित्सक हुनछन् भनेर काठमाडौंको मेडिसिटी अस्पतालमा लगिएको थियो । तर अपरेसनमा प्राविधिक तृटी भई उहाँको झण्डै मृगौला नै फाल्नु पर्ने अवस्था आए पछि र बाबा धेरै समय थलिए पछि उहाँ राम्रो डाक्टर भएर अरुको ज्यान बचाउने अठोट लिनु भएको थियो । 

नमिक्षा धेरै बालबालिकाहरुका लागि ‘रोलमोडल’ बन्न सक्नु हुन्छ । मोफसलमा त्यस्ता धेरै सुविधा छैनन् । जो अभिनयकला सिक्ने, राम्रो नृत्य सिक्ने अव्वल प्रशिक्षण केन्द्र छैनन् । यस्ता सुविधा राजधानी केन्द्रीत छन् । तर नमिक्षाले कुनै प्रशिक्षण विना नै राम्रो अभिनय गरेर आफुलाई अव्बल बाल कलाकारको रुपमा स्थापित भइसक्नु भएको छ । यसमा परिवारको साथ र सहयोगले पनि उतिकै भूमिका निर्वाह गरेको छ । 

काम गर्ने दृष्टिकोणले अभिलनय क्षेत्र एउटा निकै नै गाह्रो काम हो । पहिलो कुरा त त्यहाँ  ब्रेक पाउनै मुश्किल हुन्छ । यदि काम पाइयो भने पनि त्यहाँ टिकिरहन झनै मुश्किल हुन्छ । यो कुरा बाल कलाकारहरुको प्रसंगमा त अझ बढी सत्य सावित हुन्छ । थुप्रै प्रतिभाशाली बाल कलाकारहरु गल्लीहरुमै हराउछन् । तर, नमिक्षा गल्लीमा हराउने कलाकार नभएको सावित गरिसकेकीछन् । जसले सानो उमेरमै फिल्मी संसारमा कदम राखेकिछन् । बाल कलाकारको रुपमा अभिनय यात्रा प्रारम्भ गरेर स्थापित बलिउड कलाकारको रुपमा पहिचान बनाएका आलिया भट्ट, श्रुति हसन, तब्बू, श्रीदेवी, फातिमा सना शेख, नितु सिंह, कोंकणा सेन शर्मा, हंसिका मोटवानी,उर्मिला मातोडकर,सना सइद, पूजा रुपारेल, आयशा टाकिया, अमृता प्रकाशहरुजस्तै नमिक्षा पनि कलाकारिताबाट देश चिनाउने कुरामा दुई मत छैन् ।  ब्लाष्ट दैनिकबाट

namiksha ji