• खगेन्द्र कार्की 

सप्तकोसी । सप्तरीको सप्तकोसी  नगरपालिका १ फत्तेपुरमा जारी प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा धरानलाइ हराउँदै दमक फुटवल एकेडेमीले उपाधि हात पारेको छ । उपाधीसँगै नगद २ लाख विजेतालाई र उपविजेतालाई नगद १ लाख पुरस्कार वितरण गरिएको छ । 

धरान स्पोर्टिङ क्ल्ब सुनसरी र दमक फुटबल एकेडेमी झापा बिच भएको फाइनलमा धरानलाइ २(० को गोलअन्तरले पराजित गर्दै झापाले उपाधि माथि कब्जा गरेको हो। झापाको तर्फबाट जर्सी न ४ का  रोशन धिमाल र जर्सी न. ११ का आषिश चापागाईंले १र१ गोल गरेर टिमलाई २(० गोलान्तर जिताएका थिए ।

खेलको उत्कृष्ट खेलाडी दमकका आषिश लावती सार्बाधिक गोल कर्ता दमककै आषिश चापागाईं र धरानका मिलन लिम्बू बराबर ३ गोल गरेर घोषित भए भने उत्कृष्ट गोलकिपर दमकका गोल किपर चरि लिम्बू घोषित हुनु भयो ।

सप्तकोसी नगर खेलकुद विकास समितिको  आयोजना र न्यु त्रियुगा स्पोर्ट्स क्ल्ब फत्तेपुरको सहआयोजनामा  फत्तेपुरमा रहेको सहिद  स्मृति रंगशालामा संचालित प्रतियोगिता समापन समारोहको प्रमुख अतिथि सप्तकोसी नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद ढकाल रहनुभएको थियो । 

प्रतियोगितामा विजेता तथा उप विजेता टिमलाइ कार्यक्रमका प्रमुख अतिथि तथा सप्तकोसी नगरपालिकाका नगर प्रमुख  कृष्णप्रसाद ढकाल जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार,जिल्ला फुटबल संघ सप्तरीका महासचीव रमेश श्रेष्ठ  सप्तकोसी नगरपालिका वडा न १ का वडा अध्यक्ष रोहिणिप्रसाद पोखरेल लगायतले पुरस्कार  बितरण गरेका गर्नु भएको थियो ।