• खगेन्द्र कार्की 

फत्तेपुर । सप्तरीको सप्तकोसी  नगरपालिका फत्तेपुरमा  भइरहेको प्रथम सप्तकोसी गोल्डकप फुटबल प्रतियोगिताको बुधबार  सम्पन्न  सेमिफाइनल खेलमा  बर्दिबास नगरपालिका महोत्तरीलार्इ हराउँदै धरान स्पोर्टिङ क्लव सुनसरी फाइनलमा पुगेको छ । । 

सहिद स्मृति रंगशाला फत्तेपुरमा बर्दिबास नगरपालिका महोत्तरी र धरान स्पोर्टिङ क्ल्ब सुनसरी  बिच भएको सेमिफाइनल खेलमा बर्दिबास नगरपालिका महोत्तरीलाइ  २(० गोलअन्तरले पराजित गर्दै धरान गोल्डकपको  फाइनलमा प्रवेश गरेको हो ।

धरानको तर्फबाट जर्सि न ७ का मिलन लिम्बुले खेल सुरु भएको ३९ औं मिनेटमा १ गोल गर्दै टिमलार्इ अग्रता दिलाउनुभयो । दोस्रो हाल्फमा  धरानको तर्फबाट जर्सि न. १० का बिबेक रार्इले थप  १ गोल गर्दै जीत सुनिश्चित गरे । बर्दिबासले खेल अवधीभरी कुनै गोल गर्न सकेन ।   

अन्तिम सेमिफाइनल खेल बिहिवार न्य स्टार फुटबल  क्ल्ब सुनसरी  र दमक फुटबल  एकेडेमी झापा बिच हुने र बिहीबारको बिजेता टिमले फाइनलमा धरान स्पोर्टिङ क्ल्बको सामाना गर्ने आयोजकले जनाएको छ।

खेलको म्यान अफ द म्याच धरानका जर्सि न ३ का आमोस  लिम्बु घोषित हुनु भयो ।  सप्तकोसी नगर युवा तथा खेलकुद बिकास समिति द्वारा असार १ गते देखि  ८ गते सम्म संचालित प्रथम सप्तकोसी गोल्डकप  फुटबल प्रतियोगितामा ८ टिमले सहभागिता जनाएको आयोजकले जानकारी दिनुभयो । प्रतियोगितामा विजेता उप विजेता टिमलाइ क्रमशः नगद रु  २ लाख  र १ लाख  ट्रफी मेडल प्रमाणपत्र बितरण गरिने नगर खेलकुद बिकास समितिका  अध्यक्ष सुरेश खडकाले जानकारी दिनुभएको छ ।