• नगिता लेप्चा राई, सिलगढ़ी भारत

प्रथमतः मिलिटेरी  भन्नाले आर्मी, सैनिक, सिपाही, लाहुरे भन्ने बुझिन्छ । तर मलाई चाहिय़ँ मिल्ट्री भन्नु नै मज्जा लाग्छ । मिल्ट्री एटेन्सन गर्नमा उस्ताद हुन्छन् । आर्मीमा उनले त्यस्तै प्रकारले तालिम पाएका । आफूभन्दा ठूला अफिसर सामु पुग्यो कि ठ्याक्कै बुट प़ड़काएर बिजुलीको खम्बाजस्तो ठिङ्ग उभिनू । एनि टाइम एटेन्सन बट नो टेन्सन । 

छाउनीमा एटेन्सन हुँदा हुँदा एटेन्सऩको एडिक्टले भेटेका मिलिटेरीकी श्रीमतीसित राति बेडमा एटेन्सन भएरै हल न चल भएर भूस निदाएका कुरा मिलिटेरीनी साथीलाई सुनाएर मरिञ्जले हँसाएकी क । मिलिटेरी साथीको कुरा सुनेर गाउँकी कफतौरी दिदी भन्छन्, तेरा खसमलाई यसरी  एटेनसनमा निदाएका बेला सिपाही।।।कदम ताल भन्दिनू नि ।

अर्की भन्छिन्, कहाँ हौ त्यस्तो भूस निदाएका मान्छेलाई कदमताल भन्नू हौ । यसो पो भन्नुपर्छ।।।सिपाही।।।आँख खोल्।।।हमको देख् भनेर कराउनू । यस्तो बेलामा किसिम कुरा सुन्नु  कम्ति मज्जा आउँदैन । कोही साथी किडिङ् गर्दै भन्छे, हैन तेरा मिलिटेरी बूढ़ा खाँदा पनि एटेन्सन पोजिशनमै खान्छन् कि क्या हो १

कोही सोध्छे, अच्छा भन् न, तेरो मगनी बिहे कि भगनी बिहे । अर्थात् लभ म्यारिज कि एरेञ्ज म्यारेज ।

मिलिटेरी साथी बिचारा एकदमै सिधा । सोधेका कुरा विचारा सबै भन्छे ( लभ नि हौ ।

अर्को प्रश्न – अन्त डेटिङमा जाँदा अथवा पार्कतिर जाँदा तेरो मिलिटेरी हबी एटेन्सन पोजिशनमै बात मारेर काम तमाम पार्थ्यो होला हगि एई ।

मिलिटेरी खसम एटेन्सनमा बस्ने भएकाले कतिपय मिलिटेरीनीहरू पोइल गएका पनि सुनेकी छु ।  एटेन्सनको भाइरसले भेटेका यी मिलिटेरी ९mष्ष्तिबचथ० मान्छे फोटो खिँच्दा पनि एटेन्सन पोजिशनमै फोटो खिँचेका याद गर्नु भएको छ कि छैन कुनि । 

गाउँको एउटा बिहेमा गाउँकै हस्ते दाजु पनि छुट्टीबाट भर्खर आएका थिए । यति भयङ्कर नाच्ने नाचेर सबैलाई सिरियस पार्ने नि । उक्ता बिहेमा उनी पनि आएका थिए । सबै हस्ते दाजुको नाच हेर्न तम्सिरहेका थिए । हामी केटीहरू त झन् प्रतिक्षामा । सबैले हस्ते दाजुलाई नाच्नू न हस्ते मामा, नाच्नू न हस्ते बड़ा, नाच्नू न सोल्टी त्यस्ता कति अनुरोध आइरहेको थियो । हस्ते दाजु पनि मान्छे एक नम्बर फुर्के नि । भाउ खोजिरहेका थिए । जबरजस्ती तानेर नाच्न ल्याए गाउँकी तरुणी केटीहरूले । आहा।।।तरुणीहरूको हात उनको जीउमा पर्दा हस्ते दाजुको रोमान्टिक  बोडी हेर्नु लायकको देखियो । एउटा नाच्न खालको गीत बजाए केटीहरूले नै । गीत सुनेर हामीलाई त नाँचु नाँचु लाग्ने झन् हस्ते दाजुलाई के भयो होला । सबै थपड़ी बजाउन थाले । तरुणीहरू झुत्तातिर हेर्दै उनी नाच्न के एक दुइ स्टेप चलाउनु आँटेक ता थिए यतिबेलै गाउँकै कमल मामा आइपुगे । कमल मामा हस्ते दाजुकै पल्टनका । हस्ते दाजुका पल्टनमा उनी मेजर पदमा । मेजर कमल मामालाई देखेर हस्ते दाजुको नाचको स्टेमा परिवर्तन देखा पऱ्यो । उनी अफिसर सामु एटेन्सन पोजिशनमा नाच्न थाले । हस्ते दाजुको नाचमा पहिले जस्तो मज्जा आएऩ । तर पनि उनी एटेन्सन पोजिशनमा नै नाचिरहेका थिए । 

एकक्षण पछि मेजर कमल मामा नाच्न थाले । वा। । उनको नाच खै के भन्नु ओ माई गड खुट्टाभरि रोटे कमिला चढ़ेर टोक्दा उफ्रेको जस्तो मेजर कमल मामा उफ्रेका । मानौ उनको खुट्टामा रोटे कमिला चढ़ेर चिलिरहेछ ।

यो मिलिटेरी   शब्द ल्याटिन शब्द मिलिटेरि  (ल्याटिनमा सोल्जर) बाट आएको हो । यस्को व्युत्तपत्ति यस्तो देखिन्छ, मिल इट( । ल्याटिन शब्दबाट आएको यो मिलिटेरी  शब्दको अर्थ सेना, सैनिक वा फौजी हुन्छ । तर यो मिलिटेरी  शब्द बाट सिपाही, सेना, फोजीको जीवन हेर्दा मिलेर टेर्नु भन्नु हुन्छ । हो पनि युद्धभूमिमा सेनाहरू एक भइ मिलेर कमाण्डरको एक(एकेकवटा हुकूम टेर्नछन् । युद्धभूमिमा सबै सैनिक मिलेर टेरेका हुनाले नै मिलिटेरी   भएको हो भन्ने गाउँका उल्लाह मामाहरू भन्छन् ।

हुने पनि यी सैनिक भन्ने मान्छे, जैले पनि एटेन्सनमा तैनात सैनिकहरू मिलेर नै टेर्ने गर्छन् । एउटा उदारहण राख्न चाहन्छु, सेनापति नेपोलियन बोनापार्टसित अर्को प्लाटुकमा सेनापतिसित एउटा च्यालेञ्ज भएछ । कसको सिपाहीले सेनापतिको कुरा कतिको टेर्छन् । शुरु भयो कम्पिटिशन ।

एकजना सेनापतिले आफ्ना सेनाहरूलाई तेज् चल् भन्ने । अनि जबसम्म सेनापतिले पिछे मोड़ भन्दैनन् तबसम्म पछाड़ि फर्किनु नपाउऩे । डन । 

पहिले नेपोलियनका विपक्षी सेनापतिले आफ्नो सेनालाई हुकूम गरे, क्विक मार्च् । शुरु भयो लेफ राइट । निकै पर माथि डिल । त्यहाँबाट खसे भने तल थुप्रिएका चट्टानमा टाउको बजारेर ठहरे मर्ने ठाउँ । ती विपक्षी सेनाहरू डिलमा पुगेपछि भीड़बाट खस्छ भन्ने डरले सेनापतिको पिछे मूड़ शब्द नसुनी फर्के ।

अब पालो आयो नेपालियनका सेनाहरूको । नेपोलियनले मुटु फुट्ने गरेर हुकूम गरे, तेज् चल।।।क्विक मार्च ।

शुरु भयो मार्च पाष्ट । उनीहरू डिलमा पुगे । सेनापति नेपालियनको कुनै हुकूम छैन । ती सिपीहरू सेनापतिको पिछे मूड़को आदेश नआएकोले डिल बाट झरे ।

यसैकारण पनि मिलिटेरीलाई मिलेर टेर्नु भनिएको हुन सक्छ ।

अब रह्यो कुरा, मिलिटेरीको एटेन्सन मेरो टेन्सन । एटेन्सनमा रहने मिलिटेरी अर्कोतिर टेन्स मेरो ।  मिलिटेरीको एटेन्सन मेरो टेन्सन बारेमा पटक्कै टेन्सन नलिनुहोला । मेरो विन्ति । टेन्सनलाई मैले मेरो भूतपूर्व प्रेमिका ठानेकी छु । जसरी उनको यादले सताउँछन् टाइम टाइममा मेरो टेन्सन प्रति मेरो यति साह्रो लभ छ त्यो बिना म बस्नै सक्दिनँ । यो मेरो टेन्सनलाई भुलुँ बिर्सुँ भन्छु एकदिन दुइ मसित रिसिएर कता जान्छ जान्छ फेरि त टुप्लुक्कै आइहाल्छ यो टेन्सन । जसरी मिलिटेरीलाई एटेन्सनले छोड़्दैन यो मेरो टेन्सनले मलाई पटक्कै छाड़्दैन । यसैकारण मिलिटेरीको एटेन्सन र मेरो टेन्सनलाई मित लाउँदिउँ कि भन्दैछु । 

कुनि कता हराएको टेन्सन नयाँ नयाँ टेन्सन गिफ्ट लिएर मेरो गिदीभरि पिङ् खेल्न थाल्छ । स्कूल पढ़्दा रिजल्टको दिन पास हुने कि फेल हुने टेन्सन, कलेज पढ़्दा ब्वाइ फ्रेण्डसित भेटेर कहीँ एकान्तमा गफ गर्दा गाउँका कसैले देखि पो  हाल्छन् कि भन्ने टेन्सन । कुनै कार्यक्रम तिर पुरानो एक्स ब्वाइ फ्रेण्डलाई देख्दा उसले श्रीमानको छेउमै आएर बोलाइ पो दिन्छन् कि भन्ने टेन्सन । 

घरमा चामलको भाँड़ो रित्तिँदै जाँदा, निकै दिनसम्म चलिरहेको ग्यास रातविरातमा सकि पोह हाल्छ कि भन्ने टेन्सनले कहिल्यै छोड़्दैन मलाई । 

यो टेन्सनमै जीवन बितिरहेछ जसरी मिलिटेरीको जीवन एटेन्सनमै बित्ने गर्छ । 

अहिले मलाई यो टेन्सनले मिलिटेरीजस्तै एटेन्सन बनाएको छ । 

टेन्सनको सामना गर्न म बिहान बेलुकी एटेन्सनमा छु ।