धरान / नेपाल कोशी प्रदेश समितिले  संघको २५ औं बार्षिक उत्सवको अवसरमा ३ जना रंग पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

सोमबार सुनसरी उघोग वाणिज्य संघ धरानको सभाहलमा आयोजित कार्यक्रममा  पत्रकार गोपाल दाहाल र भिषण राईलाई  दोसल्ला ओढाएर सम्मान  गरिएको हो। त्यसैगरी  पत्रकार प्रोत्सोहन पुरस्कारबाट सुमित कार्कीले नगद ५ हजार २५ रुपैयाँसहित पुरस्कृत गरिुएको छ । 

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सांसद  विजय कुमार राईले चलचित्र क्षेत्रमा पत्रकारिता गरिरहेका पत्रकारलाई सम्मान गर्नु अत्यन्तै राम्रो काम गरेको बताउदै कोशी प्रदेशको  सरकार फेरवदल हुदै ढेड बर्ष बितिको बताउदै अहिलेसम्म कुनै उपल्ब्धिमुलक काम गर्न नसकेको बताउनु भयो । 

सांसद  राईले  तीनै तहको सरकारले चलचित्र क्षेत्रको विकासमा ध्यान दिए मात्रै यस क्षेत्रमा केहि उत्साहा मिल्ने उहाँको भनाई छ ।   प्रदेश सांसद  मिना श्रेष्ठले पत्रकारहरुले कहिले काहि भएका – नभएका कुरालाई राम्रो अध्ययन नगरी लेख्नाले धेरैले बर्षौ देखि कमाएको इज्तत र प्रतिष्ठालाई गमाुएको भन्दैं सचेत भएर कलम चलाउन आग्रह गर्नु भयो । 

विशेष अतिथि नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्कीले रंग पत्रकारिता पत्रकारिताको एउटा विधा भएको उत्ललेख गदैं अन्य विाबाट सूचना र सन्देश पाइने भए पनि रंग पत्रकारिताबाट सूचना र सन्देशसँगै मनोरञ्जन पनि पाइने बताउनुभयो । मोफसलमा रंग पत्रकारिता गर्ने पत्रकारहरुको व्यवसायीक सुरक्षाका लागि स्थानीय तह र प्रदेश सरकावाट बजेट व्यवस्थापन गर्नु पर्ने बताउनुभयो । 

विशेष अथिति धरान उपमहानगरपालिका उपमेयर आईन्द्र बिक्रम वेघाले चलचित्र भनेको चल्ने चित्र रहेको  जसलाई  चलाउने शैली गलत भएको  कारण समाजमा यस्ले राम्रो नराम्रो दुबै पक्क्षलाई जोडेको उल्लेख गर्नु भयो । 

कार्यक्रमा पत्रकार महा संघका केन्द्रीय सदय भिषण राई  चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेशका इञ्चार्ज, रनेन्द्र बस्नेत, अध्यक्ष सन्जु राई , अग्रज पत्रकार हर्ष सुब्बा, संघीय प्रहरी कार्यालयका एसएसपी भीम दाहाल,  नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठलगाएतले शéकामना दिनुभएको थिया्े । 

 कार्यक्रमा चलचित्र संघ कोशी प्रदेशका सचिव सुवास संकल्प श्रेष्ठले सञ्चालन गर्नु भएको थियो ।