धरान  / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्डियोलोजी विभागले दुर्लभ जटिल शल्यक्रिया गरेर एक जना व्यक्तिको ज्यान बचाएको छ । 

मुटु रोग विशेषज्ञ डा. नविन पाण्डे र उहाँको टिमले मंगलबार धरान १६ का ५२ बर्षीय कुमार तामाङको मुटुमा पुगेको १० सेन्टीमिटरको पाइप तारबाट तानेर  सफलतापुर्वक निकाल्नु भएकाे हो । 


 उहाँ  ठूलाे आन्द्राकाे  क्यान्सरको विरामी हुनुहुन्थ्यो । डा. पाण्डेका अनसार चार दिन अगाडी किमोथेरापी गर्न प्रयोग भएको पाइप हात चलाउदा अचानक चुडिएर मुटुभित्र पुगेको थियो । मंगलबार उनको छातीको एक्स रे गरेर हेर्दा पाइप मुटुमा पुगेको देखिए पछि तत्काल शल्यक्रिया गरेर निकाल्न सफल भएको थियो । 

'विरामीको ज्यान जोखिममा थियो । तारको माध्यमबाट उहाँको मुटुमा पुगेको पाइप निकाल्न सफल भएको थियो ।  तत्काल यो काम सफल नभएको भए मुटु बाइपास गरेर छाती चिरेर पाइप निकाल्नु पर्र्थो ।'-डा‍. पाण्डेले भन्नु भयाे ।  त्यसो गर्दा विरामीको ज्यान पनि जोखिम र खर्च पनि डेढ लाख भन्दा बढी लाग्ने डा.पाण्डेले बताउनु भयो । 

यो प्रविधीबाट सम्भवत यो पहिलो पटक तारको माध्यमबाट पाइप निकाल्ने काम भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अरुणकुमार सिंहले बताउनु भयो । उहाँको शल्यक्रिया १२ हजार मै सम्पन्न भएको प्रतिष्ठानल् जनाएको छ ।