धरान  /  अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको नियमित प्रकाशन परदेशी बिम्बहरू  साहित्यिक वार्षिक अंक बुधबार धरानमा सार्वजनिक गरिएको छ । 

 वर्ष १५ अङ्क १५ को लोकार्पणसँगै पुस्तक चर्चा, सृजना वाचन कार्यक्रमसमेत गरिएको थियो ।  संस्थाका अध्यक्ष  सुरेन्द्र लिम्बू परदेशीको अध्यक्षता र प्राडा.टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न सर्जकहरुले आफ्ना सिर्जना वाचन गर्ने मौका समेत पाउनु भयो । सोही अवसरमा  भीमबहादुर स्मृति पुरस्कार नेपाली साहित्यका सक्रिय लेखक समालोचक दीपक सुवेदी र क्वान्टम साहित्यका प्रवर्तक कवि चिन्तक डा मधु माधुर्यलाई सम्मानसमेत गरिएको थियो । 

स्थापनाको दोस्रो वर्षदेखी नै संस्थाले परदेशी विम्बहरु साहित्यिक वार्षिकू हित्यिक पत्रीका प्रकाशन गदैं आएको छ । हरेक बर्ष धरानमा कार्यक्रम गरि सार्वजनिक गरिदैं आएको छ । 

कार्यक्रममा पुस्तक परिचर्चामा नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्याक्ष प्राडा भीम खतिवडा,  उप(प्राध्यापक टिका आचार्य , साहित्यकार जनकऋषी राई र समालोचक दिपक सुवेदीले गर्नु भएको थियो । कृष्णप्रसाद गौतम, विसाल नाल्वो, स्वासितकला राई, रोमुअधिकारी, परिक्रमा श्रेष्ठ, तारा दिप्साली र लक्ष्मण कटलवालले बान्की परेका कmिता सुनाएर दर्शकलाई मनोरञ्जन दिलाउनु भयो । पुस्तक तथा संस्थाका विषयमा पुस्तकका प्रधान सम्पादक भीम विरही राईले अवगत गराउनु भएको थियो ।