धरान  /  नेपालको लोकप्रिय ब्याण्ड कन्दराको लाइभ कन्सर्ट धरानमा यही बैशाख ८ गते हुने भएको छ ।

धरान रंगशालामा कन्दरा आफ्नो नयाँ टिमसहित 'कन्दरा लाईभ इन धरान'सांगीतिक कार्यक्रम मार्फत प्रस्तुती दिने भएको हो । कन्दराले ६ बर्ष अघि धरानसंगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट गरेको थियो । कन्दरा ब्याण्डमा अहिले गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै, नेपालमै पहिलोपटक जिप्सीज्याज म्युजिक भित्र्याएका हरि महर्जन पनि रहनुभएको छ ।  यस्तै, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादलमा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको आयोजकले जनाएको छ ।  

यो टिम पछिल्लो समय सार्वजनिक गरेको बिचरा म बोलको गीत धेरैले रुचाएका छन् । गत पुस २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ।  पचासको दशकदेखि नै लोकप्रिय रहेको ब्याण्ड कन्दराको लोकप्रियता कायमै छ । 

आफ्नो पहिलो संगीत यात्रा पहिला घरदेश अनि परदेश भन्ने नाराका संगित अभियानमा उक्त टिम निस्किएको हो । सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट  हो । यसपछि चितवन, सुर्खेत, नेपालगंज, बुटवल, जनकपुर, काठमाडौँलगायतका प्रमुख शहरहरुसंगै नेपालका विभिन्न स्थानमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको गायक बिबेक श्रेष्ठले जानकारी दिनु भयो । 

 ‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन् उनी’ भेंडीगोठैमा , प्रियसीको कल्पनामा बिश्वासको दियोलगायतका थुप्रै पुराना चर्चित गीतहरु धरानन् दर्शक समक्ष प्रस्तुत गर्ने छन् । साथै नयाँ गीत ‘विचरा म ’ पनि धरानमा प्रस्तुत हुने छ । कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो। 

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भैसकेको सिल्भरका प्रवन्ध निर्देशक शौरव  श्रेष्ठले जानकारी दिनुभयो ।  कन्सर्टको साउण्ड, लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन सुन्दर साउण्डले गदैंछ । 

image_2024-04-16_212339831