धरान / युवापुस्ताहरु  माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फागुन २४ गते शनिबार आयोजना हुने  प्रजापति संगीत समारोह (द एज लाइभ इन धरान) कार्यक्रममा  आउने भएको छ ।  

सम्झिने मुटु , थाहा छैन , नचाहेको हैन , तिम्रो याद , मेरो आँशु लगायतका थुप्रै गीतहरु द एज ब्याण्डका लोकप्रिय रहेका छन्।  २४ बर्ष अघि पहिलो एल्बम निकालेर चर्चित बनेको द एज ब्याण्डको मुख्य गायक जीवन गुरुङ रहनु भएको छ ।  

कन्सर्टमा धरानको लासोज ब्याण्डलगायत स्थानीय डान्स सेन्टरहरुको नृत्य समेत रहनेछ।  कार्यक्रमलाई भब्य र सभ्य  बनाउन  स्टेज ,साउण्ड, लाइट सिस्टमहरु उच्चस्तरको रहनेछ र  साउण्ड लाइटको व्यवस्थापन सुन्दर साउण्डले गर्ने  आयोजक प्रज्ज्वल प्रजापति श्रेष्ठले जानकारी दिनु भयो । 

धरान रंगशालाको तल्लो मैदानमा आयोजना हुने  सांगीतिक कार्यक्रम बांझागरा एकता युवा क्लब ,धरान १५ को आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुने छ । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।