धरान / देशको दोस्रो ठूलो विद्युत प्राधिकरणको सवस्टेसन सुनसरीमा उद्घाटन गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित नेपाल विधुत प्राधिकरणको इनरुवा सवस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक समारोहका विच उद्घाटन गर्नु भयो । उहाँले देशको गौरवशाली योजना अन्तर्गत नेपाल विधुत प्राधिकरण इनरुवा ढल्केवर सवस्टेशन उद्घाटन गरिएको हो । प्रधानमन्त्री प्रचण्डले नेपालको आन्तरिक बिद्युत आपुर्ति पुरा गरि भारत र बङ्गलादेश समेत निर्यात गर्ने गरि उद्घाटन गरिएको बताउनुभयो । उहाँले भारत र बङग्लादेश बिद्युत व्यपार जिआइएस स्वचालित प्रणाली ४००–२२०–१३२–२२०–३३ केभि इनरुवा सवस्टेशनको उद्घाटन गर्न पाउदा आफूलाई गौरवको महसुस भएको बताउनुभयो ।

उहाँले युएस डलर ८.९५ मिलियनको लागतमा निर्माण आयोजनाले भारत र बङ्गलादेश सँंगको बिद्युत व्यपारमा टेवा पूग्ने र नेपालको अर्थतन्त्रमा पनि सुधार आउने बिश्वास गर्नुभयो । यो सवस्टेसनले राष्ट्रिय प्रसारणमा योगदान सहित स्थानीय भोल्टेजको समस्या समाधान हुने छ । पूर्व पश्चिम बिद्युत आपुर्ति गर्न र छिमेकी मुलुक भारतसंग बिद्युत व्यापार गर्न इनरुवा सबस्टेशन हवको रुपमा स्थापित हुने छ । अव घर र बस्तीमा बत्तिबाल्न मात्र नभएर देशको समृद्धि र बिकास तथा अर्थतमन्त्रमा योगदान गर्ने विश्वास लिइएको छ । देशको ९८ प्रतिशत नेपालीको पहुँचमा बिद्युत पुगेको र बाँकी दुई प्रतिशतको घरमा पनि दुई वर्ष भित्र पुर्याइ सतप्रतिशत पुर्याउने लक्ष्यमा सरकार रहेको प्रम दाहालले बताउनुभयो । 

बिद्युतको खपत बढाउन र नदीबाट बिद्युत उत्पादन गरि मात्र नभइ उत्पादित बिद्युत बिक्रि गरि देशमा आयआर्जनको वतावरण सृजना गर्ने बताउनुभयो । यसबर्ष मात्र बर्षाको समयमा बचत भएको बिद्युत बिक्रि गरि देशले १५ अर्व रुपियाँ आम्दानी गरेको बताउनुभयो । सो आम्दानीले आर्थिक बिकास र जलबिद्युतको सम्भावनालाई चित्रित गरेको बताउनुभयो । उहाँले आफू चिन भ्रमणको क्रममा चिलिमे र केरुङ्ग प्रसारणलाइनको निर्माण गर्न सम्झदारी गरेको समेत उल्लेख गर्नुभयो । उहाँले बिद्युत प्राधिकरणले प्रसारणलाइन बिस्तारको क्रममा स्थानीयको जग्गा अधिकरण वा अधिकरण भएको जग्गा मुआब्जा दिने र वनसंगको सम्झदारी गरेर अगाडि  बढने बताउनुभयो । त्यसैगरी देश विकासको लागि बुढि गण्डकी जलबिद्युत आयोजनाको काम समेत अगाडि बढाउने बताउनुभयो ।

 सोही सबस्टेसन उद्घाटन कार्यक्रममा उर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशको विकासमा उर्जाले महत्वपूर्ण योगदान गरेको बताउनुभयो । उहाँले यो सबस्टेशनले बिद्युतको विकास मात्र नभएर जलस्रोतले समेत महत्वपूर्ण कोशेढुङ्गा सावित भएको बताउनुभयो । उहाँले निरासाहरु भन्दा विकासले आशा पलाएको र वि.स.१९६८ देखि हालसम्म हुन नसकेको कयौ कामहरु वर्तमान सरकारले गरेको बताउनुभयो । उहाँले बिगतको संक्रमण कालबाट सिकेको पाठबाट अहिले देशमा कायापलट गर्ने गरी देश अगाडि बढिरहेको बताउनुभयो । उहाँले अहिलेसम्मको उपलब्धीलाई संस्थागत गर्दैै थप नयाँ काम र ५०० मेगावाट बिद्युत उत्पादन एक बर्ष भित्र भएको र अगामि एक बर्ष भित्र थप ५०० मेगावाट बिद्युत उत्पादन गर्ने दाबी गर्नुभयो । उहाँले प्रत्येक एक हजार मेगावाट बिद्युत उत्पादन हुदाँ ३० हजार नागरिकले रोजगार पाउने र लाभ लिने बताउनुभयो । उहाँले रोजगारी, आर्थिक क्षेत्र र आर्थिक सम्बृद्धिको बाटोमा उर्जाले ठूलो योगदान गरेको बताउनुभयो ।

यसैबीच इनरुवा सबस्टेशन नेपाल बिद्युत प्राधिकरण नेपाल भारत बिद्युत प्रसारण तथा व्यपार आयोजना नामबाट सञ्चालनमा आएको छ भने बिश्व बैंक नेपाल सरकार तथा नेपाल बिद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माण भएको देशको दोस्रो ठूलो परियोजना हो । यस परियोजनाको निर्माण गर्न २० डिसेम्वर २०१८ मा ठेक्का सम्झौता भएको थियो भने ट्रान्सफर्मर ठेक्का सम्झौता ६ नेभेम्वर २०२० मा भएको थियो भने परामर्शदाताको रुपमा पावर ग्रीड कर्पोरेसन आफ इन्डीया लिमिटेड, भारत र एनइए इनजीनियरिङ्ग कम्पनी लिमिटेड काठमाण्डौं रहेको सब स्टेशनका प्राबिधिक शम्भु कर्णले जानकारी दिनुभयो । कर्णका अनुसार आयोजनाको कार्य क्षेत्रमा २२०–१३२ केभि, १६० एमभिए ट्रान्सफर्मत २ वटा क्षमता १२० एमभिए, २२०–३३केभि ६३ एमभिए ट्रान्सफर्मर २ वटा अर्थात क्षमता १२६ एमभिए रहेको छ । त्यसैगरी १३२ केभि २५ एमभिए आररिएक्टर १ वटा, २२० केभि ट्रान्सफर्मर वे ६ वटा, १३२ केभि लाइन ट्रान्सफर्मर वे ९ वटा र ३३ केभि लाईन ट्रान्सफर्मर वे ११ वटा रहेको जनाएको छ । यस सब स्टेशनको क्षमता २४० मेगावाट बिद्युत रुपनी इनरुवा र इनरुवा दुहबी १३२ केभि डब्बल सर्किट प्रसारण लाइनबाट आदानप्रदान हुन सक्ने, ३२० मेगावाट बिद्युत २२० केभिबाट १३२ केभि तथा १३२बाट २२० केभिमा आदानप्रदान हुन सक्ने छ । त्यस्तै १२६ मेगावाट बिद्युत ३३ केभि सब स्टेशनमा प्रदान गर्न सक्ने बताइएको छ । उद्घाटन भएको इनरुवा सबस्टेशनको चार्ज २०७९ साउन १७ गतेबाट गरिएको थियो ।