• जीवन कार्की

काेरिया / दक्षिण कोरियामा आयोजित शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटनको तीव्र प्रतिक्षा रहेको  कासाथ समय कुरिरहेको छ। यस ओलम्पिकको क्रममा दुई कोरियामा देखिएको तनाब कम हुँदै गईरहेको बेला आयोजित यस ओलम्पिक प्रतियोगिता अत्यधिक चासोका साथ बिश्व ले हेरिरहेको छ।त्यसैगरी कोरियन हरुले पनि ओलम्पिकमा जोडिएको सम्बन्ध अब नछुटोस भन्ने कामना गरेका छन। 

२३औँ संस्करणको यस ओलम्पिक प्रतियोगिता रेमा तपाईँहरूको जिज्ञासा  मेट्ने जा  नकारी गराउनेछौ । 27848280_2093606990870615_1774875872_n

यस्ताे छ  २३औँ संस्करणको शीतकालिन ओलम्पिक प्रतियोगिता
नयाँ बर्षको सुरुवातसंगै अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने उत्कृष्ट स्थान फ्यङछाङ शहर हो। राजधानी सउल बाट  १०० माईल उत्तर पुर्व मा अबस्थित छ। दक्षिण कोरियाले सन् १९८८ को गृष्मकालीन ओलम्पिक प्रतियोगिता सफलताको साथ आयोजना गरिसकेको छ।यस शीतकालिन ओलम्पिक प्रतियोगिता उद्घाटन स्थल स्वास्थ्य, शान्त र खेलकुद लागि बिश्वमा नै उत्कृष्ट बसोबास योग्य शहरको रुपमा चिनिन्छ ।
याे  सन् २०१८ फेब्रुअरी  ९-२५ सम्म चल्ने छ । कोरिया बाहिरबाट हो भने कोरियन समयसंग   तपाईँको समय सुनिश्चित गर्नुपर्ने हुन्छ । NBC,NBCSN,CNBC र USA Network ले प्रत्यक्ष प्रसारण     गर्ने छ ।  अनलाईन् बाट हेर्नको लागि NBColympics.com मा गएर हेर्न सकिने छ ।  यस ओलम्पिक प्रतियोगितामा सेतो बाघको आकृति झल्काउने मस्कट राखिएको छ। सेतो बाघलाई दक्षिण कोरियामा अभिभावक जनावरको रुपमा चिनिन्छ । २३औँ संस्करणको शीतकालिन ओलम्पिक प्रतियोगिताको आयोजक शहर (평창) को पहिलो शब्द को पहिलो अक्षर बाट  (ㅍ) राखिएको छ। जुन कोरियन लिपी (हान्गुल) बाट बनेको छ।वर्गाकार आकृति ले पृथ्वीको संकेत गरेको छ भने छेउमा ताराको आकारले आकाश जनाउने छ।यस्को अर्थ पृथ्वीले आकाश छुनेछ भन्ने हुन्छ ।
सन् २०१८ को शीतकालिन ओलम्पिक प्रतियोगिताको मेडलको डिजाईनर लि सुक ऊ हुन ।ऊनी दक्षिण कोरियाको प्रसिद्ध डिजाईनर समेत हुन । ऊनले स्वर्ण पदक मा ५८६ ग्राम सुन , रजत मा ५८० ग्राम चाँदि तथा काश्य पदक मा ४९३ ग्राम पितल जडित मेडल आकर्षक रुपमा डिजाइन गरेका छन।यो ओलम्पिकमा २५९ मेडल को लागि प्रतिस्पर्धा हुनेछ ।
यस ओलम्पिक प्रतियोगितामा ९२ राष्ट्र ले खेलकुदमा भाग लिएका छन ।  १५ बिधाको खेलमा  १०२  ईभेन्ट रहेका छन।  कुल २ हजार ९ सय ५२ जनाले प्रतिस्पर्धा गर्नेछन।
यस ओलम्पिक प्रतियोगिता ले एकीकरणको सपना पालेर बाँचिरहेका यी दुई देशका नागरिकले यतिखेरको प्रयासले सार्थकता पाउन सकोस् भन्ने कामना गरिरहेका छन्। दुई देशका बीचमा पलाएको यो पछिल्लो झिनो आशाले सद्भावको विकास गर्दै दुई देशकै एकीकरणसम्म पुगोस् भन्ने  कामना दुई कोरियाली नागरिकमात्र नभएर विश्वका शान्तिप्रिय नागरिकले पनि गरेका छन्।