धरान  / धरान उपमहानगरपालिका क्षेत्रमा डेङ्गुको संक्रमण दर उच्च देखिए पछि धरान उपमहानगर स्वास्थ्य महाशाखाले बुधबार लार्भा खोर र नष्ट गर अभियान संचालन गरेको छ । 

स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान मा  २६५४ जना   डेङ्गु सङ्क्रमित रहेका छन् ।  ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण फैलिन्छ । आफ्नो वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी भरेका ड्रम बेलाबेलामा सफा गर्न ध्यान दिन अभियानमा स्थानीयलाई सचेत गराइएको प्रमुख मेहताले बताउनु भयो ।

मंगलबार कार्यपालिकाको आकस्मिक बैठक बसेर बुधबार टोलटोलमा अभियान संचालन गर्ने निर्णय गरेको थियो । टोल विकास समितिहरुको नेतृत्वमा सबै वडाहरुमा अभियान संचालन गरिएको छ । विहान ७ बजेदेखि अभियान शुरु गरिएको हो । अभियानमा मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्रविक्रम बेघा, सबै वडाध्यक्षहरु, वडा सदस्यहरु, टोल विकास संस्थाका सदस्यहरु आ आफ्नो टोलमा निस्किएका छन् । लार्भा खोज र नष्ट कर अभियानका लागि बुधबार धरान क्षेत्रका सबै नीजि तथा सामुदायिक विद्यालयहरुलाई उपमहानगरले विदा दिइएको थियो । 

टोल विकास संस्था ,स्कुल आमा समूह ,स्काउट, विभिन्न संघ संस्थाको सहभागितामा अभियान संचालन गरिएको वडा न १५ का अध्यक्ष नरेसकुमार इवारामले जानकारी दिनु भयाे । विद्यार्थी, स्वास्थ्यकर्मी, स्थानीय टाेल विकास स‌स्थालगायतकाे अभागितामा अभियान सुरु गरिएकाे उहाँले बताउनु भयाे । 

उहाँले आदिघण्टा समय दिएर आफ्नो घर वरिपरि सफाई सबैले गर्नुपर्ने बताउनु भएको छ । अभियानको क्रममा सबैलाई पानी जमाएर नराख्न र घरको सरसफाई नियमित गर्न सुझाव दिइएको वडाध्यक्ष इवारामले जानकारी दिनु भयो ।

धरान कार्यापालिका सदस्य समेत रहनु भएकी १५ नं. वडा सदस्य तथा सामाजिक विकास समिति स‌याेजक सृर्जना नेपालका अनुसार अभियानमा ९० प्रतिशत घरहरुमा लार्भा भेटिएको र नष्ट गरिएको बताउनु भएको छ । 'साना बस्तहिरुमा अझै पानी भाडामा संकलन गरेर राखेको पाइयो । त्यो पानीमा लामखुट्टेको लार्भा भेटिएका छन् । खाली बोतल, फुलका गमलालगायतमा पानी जमेर लामखुटट्ले लार्भा बनाएको भेटिएको छ ।'- वडा सदस्य नेपालले भन्नु भयो । 


उपमहानगरले आजदेखि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश सरकारको समन्वपयमा १८ बेडको डेङ्गु अट्ठपतालसमेत शुरु गर्ने भएको छ । प्रदेश सरकारले एक जना चिकित्सक र एक जना नर्स उपलब्द गराएको छ । अन्य उपमहानगरबाट चिकित्सक खटाएर धरान १२ स्थित पुरानो अस्पतालमा डेङ्गुस्पताल शुरु गरेको हो । शुरुमा  ३० बेडको व्यवस्थापन गरिएको छ । विरामीको चाप हेरेर थप १२ वेड थप्ने प्रमुख मेहताले जानकारी दिनु भएको छ । 

उहाँका अनुसार धरानमा ४४५३ जनाको परीक्षण गर्दा २६५४ जना डेङ्गु संक्रमित भेटिएको छ । हालसम्म ८ जनाले ज्यान गुमाएका छन् । संक्रमण दर ६० प्रतिशत रहेको महाशाखाले जनाएको छ । 

डेङ्गु भएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, खान मन नलाग्ने, शरीरमा बिमिरा आउनेलगायत लक्षण देखिन्छन् । यस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर जाँच गराउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।