धरान । धरान उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकावीच कोकाह खोला खानेपानीको विवादको विषयमा आज(मंगलवार) लिखित सहमति हुने भएको छ ।  

सहमतिको लागि दुई पक्षको लिखित ड्राफ्ट पनि तयार भएको छ । कोकाह खोलाको पानी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रम दान अभियान सन्चालन गरेर ल्याउँदै गरेको खानेपानी बराहक्षेत्रका चावचाका स्थानीयले अवरोध गरेपछि पटक पटक विवाद हुँदै आएको थियो ।स्थानीयले बाली तथा अन्य क्षेत्रमा असर पुगेको भन्दै खानेपानीको पाइप विस्तारमा अवरोध गरेका थिए ।  

विवाद वढ्दै गएपछि धरान र बराहक्षेत्रका मेयर वीच मौखिक सहमति गरेर अघि वढ्ने प्रतिवद्धता जनाएका थिए । बराहक्षेत्रका मेयर रमेश कार्की विवादित स्थल चावचा पुगेर धरान उपमहानगरपालिकाका मेयरसँग मौखिक सहमति  गर्नु भएको थियो । सोही बमोजिम आज सहमति हुने भएको हो । सहमतिको ड्राफ्ट पनि तयार भएको छ ।