धरान /यही चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं साधारणसभा तथा निर्वाचनमा कार्यसमिति सदस्य पदमा धरानका व्यवसायी राजेन्द्र साहले उम्मेद्वारी दिनु हुने भएको छ ।  

धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघमा बुधबार पत्रकार सम्मेलन गरेर यस पटक साहले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।  साहलाई जिताउन सुनसरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति पनि गठन गरिएको छ । 

यस विचमा साहको चुनाव प्रचारका लागि स.घका अध्यक्ष विजय श्रेष्ठ, महासचिव महेन्द् प्रधानसहितको टोली पश्चिमका जिल्लाहरुमा भेटघाट गरेर फर्किएको छ । निर्वाचनमा उद्योग बाणिज्य संघका अध्यक्षहरुले मत हाल्छन् । देश भर ११८ जना मतदाता रहेका छन् । 

 २०२० सालमा सुनसरी उद्योग वाणिज्य संघ स्थापित भएको थियो । महासंघको संस्थापक सदस्य भए पनि हालसम्म सुनसरीबाट कोही पनि केन्द्रमा जिम्मेवारी पाएका छैनन् । 

सुनसरीको नेतृत्व स्थापना गर्न यस पटक संघले अभियान नै चलाएको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताउनु भयो । 

को हुन राजेन्द्र साह 

 २०१४ सालमा इटहरीमा जन्मनु भएका साह २०३८ सालदेखि धरानमा आएर व्यापार व्यवसाय गदैं आउनु भएको छ । २०४१ सालमा रंग सेलर मिल ठेक्का लिएर व्यवसाय शुरु गर्नु भएको थियो । २०४९ सालमा धरानमा आफै जग्गा किनेर संचरना निर्माण् गरि सानु लघुउद्योग स्थापना गर्नु भयो ।  उहाँले २०५८ सालदेखि जय माता मनोकामना सप्लायस् कम्पनि खोली नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाहरुलाई रासन ठेक्काको काम गरिरहनु भएको छ । त्यस पछि २०६३ सालमा बाबा इन्टरप्राइजेज स्थापना गरि व्यवसाय गरिहनु भएको छ । उहाँको व्यवसाय ४ पुस्ता पुग्यो । छोरा राजु साहले व्यवसायमा साथ दिइरहनु भएको छ ।

व्यववसायीहरुको हकहितका लागि उहाँले काम गदैं आउनु भएको छ । २०५८ सालदेखि सुनसरी उद्योग बाणिज्जय संघमा आवद्ध भएर २०६८ सालमा उद्योग सचिवमा निर्वाचित भएर काम गर्नु भयो । त्यस पछि २०७३ सालमा अध्यक्षमा निर्वाचित हुनु भयो । त्यस पछि कोशी प्रदेश समितिमा पनि सदस्य भएर काम गर्नु भएको थियो । उहाँका कार्यकालमा सुनसरी उद्योग बाणिज्य संघले निकै लोकप्रिय काम गरेको थियो । जिल्लामा समृद्धी परियोजना भित्राएर काम गर्नु भयो । संंघको एक तले गेष्ट हाउसलाई बढाएर सुविधासम्पन्न बनाउनु भयो । संघलाई आर्थिक रुपमा समृद्ध बनाउन ५५ लाखको फन्ट बनाउनु भएको थियो । त्यस पछिका अध्यक्ष गिरीधारी सापकोटाले पनि उक्त कामलाई निरन्तरता दिनु भएको थियो । उहाँले सरकारसँग सहकार्य गरेर उद्योग िव्यवसायीहरुको हकहितका लागि काम गर्नु भएको थियो ।   

उहाँका आगामी योजना 

 साहले केन्द्रसँग जिल्लालाई जोड्ने, आर्थिक समृद्धिमा योगदान दिने साथै उद्योगी, व्यवसायीहरुको हकअधिकारको लागी लड्ने योजना बनाएको बताउनु भएको छ । यति बेला बैंकहरको अरजकता बढेको छ । धान्नै नसक्ने बैकहरुले व्याज बनाएका छन् । बैंक व्याज घटाउन पहिलो काम हुने उहाँ बताउनु हुन्छ । व्यवसायीहरुको सुरक्षाका लागि काम गर्ने, सुनसरीमा नयाँ परियोजनाहरु ल्याउने, ठूला लगानी भित्राउन सरकारसँग सहकायृ गर्ने उहाँको योजना छ ।