धरान / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अगुवाइमा खानेपानीका लागि धरान २० स्थित पकुवा खोलामा सयौँ मानिसले ।मदान गरेका छन् ।  

मेयर साम्पाङको पूर्व निर्धारित योजना अनुसार हरेक शनिवार एक दिन पकुवा खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र खानेपानीको इन्टेक बनाउने काममा खटिएका हुन । पकुवा खोलामा विभिन्न सङ्घ संस्था र व्यक्तिगत हिसाबले पनि मेयरको आव्हानमा श्रमदान गर्न स्थानीयहरु पुग्नु भएको छ । 

शनिवार वृक्ष रोपण गर्ने कार्यक्रम पनि गरिएको छ । पकुवा खोला क्षेत्रमा करिब अढाई सय विभिन्न जातका फलफूल र बास लगायतका बिरुवा रोपिएको छ । 

धरानमा खानेपानीको समस्या हुदैं आएको छ । खानेपानी अभाव टार्न मेयर साम्पाङले खानेपानीको श्रोत खोजी गरिरहनु भएको छ । पकुवा खोलाको पानी उपयोग गर्न पानी संकलनका लागि इन्टेक बनाउने काम भइरहेको मेयर साम्पाङले बताउनु भयो । पानीपानीको मुद्वा उठाएर स्वातन्त्रबाट मेयरमाचुनाव जिते पछि साम्पाङले धरानको खानेपानी व्यवस्थापनका लागि पहल कदमी गरिरहनु भएको छ ।