धरान / धरान उपमहा नगरपालिका वडा नं. ८ का स्थायीवासी धनबहादुर राई धरानको राजनीति, सामाजिक तथा खेलकुद क्षेत्रमा परिचित नाम हो । समाजिक क्षेत्रमा निकै सक्रिय राई यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८ नं. वडाध्यक्षको लागि नेकपा एमालेको तर्फबाट उम्मेद्वारी दिनु भएको छ । एउटा परिपक्क, आफ्नो वडावासीको समस्या बुझेका राई वडावासीले अनुमोदन गरे पाँच बर्षमा गर्ने विकासका योजना पनि बनाउनु भएको छ ।

 उहाँ यातायात मजदुर क्षेत्रबाट उदाएको नेताको रुपमा चिनिनु हुन्छ । मजदुर हकहित लागि आन्दोलन गर्दै २०३६ साल देखि २०४५ साल सम्म मजदुर आन्दोलनमा सक्रिय हुनु भयो । 

अबको ५ बर्षमा उहाँले गर्नु पर्ने कामको सूची पनि बनाउनु भएको छ । सुकुम्बासीका समस्याका लागि काम गर्ने धरान ८ मा १ कठ्ठा ३ धुर  जग्गामा हस्पिटल बनाउने तयारी छ । त्यो कामको पनि १५ प्रतिसत काम सुरुवात गरि सकेको त्यसला चाडै निर्माण सकेर जनतालाई सुविधा दिने बताउनु भयो । बैक पुग्न नसक्नेहरुलाई सामाजिक सुरक्षा भत्ता घर–घरमा पु¥याउने उहाँले बताउनु भएको छ । धरान ८ मा सुकुम्बासीबस्तीका बालबालिकाहरुलाई खेल्नेका लागि खेलमैदान बनाइने छ । धरानमा भएका ३ वटा सामुदायिक वनलाई  आन्तरिक र वाहेय पर्यटकहरु अझ बढि भित्राउन थप योजना बनाइने छ । ती वन समुहमा  पर्यटन प्रवद्धनका लागि प्रदेश संघसँग समन्वय गरि थप हराभरा बनाईने उहाँको योजना छ । धरानको पुरानो क्लव द–राईजिङ्ग क्लवका अध्यक्षसमेत रहनुका धन बहादुर राईले खेलकुद क्षेत्रमा पनि निकै योगदान गर्नु भएको छ ।

उहाँको पहलमा द राईजिङ कलबका लागिधरान उपमहानगरपालिकाबाट ११ धुर जग्गा दिलाउनु भएको छ । वडामा कुलतमा फसेका युवा धेरै छन् ।  ती युवाहरुलाई कुनै न कुनै क्षेत्रमा काममा लगाउने उहाँले योजना बनाउनु भएको छ । धरान ८ मा रहेको सभागृह भवन जिर्ण भएको छ । उक्त भवनलाई संघ, प्रदेशसँग समन्वय गरेर मर्मत सम्भार गरे धरानको आम्दानी बढाउने पनि योजना बनाउनु भएको छ । सभागृहको दक्षिण पटि बालबालिकालागि खेलमैदान बनाउने योजना पनि रहेको छ । धरान ८ मा नयाँ बस पार्क बन्दैं छ । यो एमालेको मेयरकी उम्मेद्वार मञ्जु भण्डारीको पहलमा बन्दैं गरेको हो । यो धरान ८ का लागि ठूलो उपलब्दी हो । 

त्यस्तै धरान १६ देखि धरान ८ तीन ढवागे फलामे फुल बनेको छ । त्यसमा कालो पत्रै गरी रेलिग्ङ लगाएर गमला राखी  फुलरोपप्ने काम भएको छ । त्यहा कुनै घटना नहोस भनेर ती चोकमा सिसि क्यामेरा  जडान गर्ने र भोटेपुलको रहेको खोलालई समेत फलामे पुलबाट वारि पारी जान जोडाउने ५ बर्षे विकासको योजना रहेको उहाँले सुनाउनु भयो । 

धनबहादुर राई धरानका एक सम्भावना बोकेका क्रियाशिल व्यक्तित्व हुन । उहाँको सालिनता, क्रियाशिलता, कुसलताले धरान ८ बदल्ने जनताको अपेक्षा छ । उहाँ हालसम्म कुनै लाभको पदमा बस्नु भएको छैन् । पार्टीमा लामो समय धैर्यताका साथ उहाँ पार्टीको काम गर्नु भयो । धरान–८ वासीको चाहाना अनुसार उहाँलाई पार्टीले वडाध्यक्षमा उम्मेद्वार बनाएको छ । धरान–८ का जनताका भरोसा राईलाई बैशाख ३० गतेको चुनावमा उहाँलाई जनताले अनुमोदन गर्नेमा उहाँ ढुक्क हुनुहुन्छ ।