धरान / रामधुनी नगरपालिका वडा नं. ६ का गयाराम राजधामी भूमीपुत्र यस क्षेत्रको नाचम चलेका व्यक्ति हुनुहुन्छ । गयाराम भन्नेवितिकै इमान्दार, कर्मठ, एउटा असल नेकपा एमालेको सिपाहीको रुपमा सबैले चिन्ने गरेका छन् ।
आइएसम्म अध्ययन गर्नु भएका राजधामी मातृभाषा थारु सम्बन्धिका ज्ञाता पनि मानिनु हुन्छ । उहाँले छिटफुट कविता, गितसमेत लेख्नु भएको छ । विभिन्न सामाजिक क्षेत्रमा कार्यतर राजधामीले पार्टी सदस्यता २०४६ मै लिनु भएको थियो । २०४१ सालदेखि पार्टीमा भूमीगत रुपमा काम गर्नु भएका राजधामीले हालसम्म कुनै लाभको पद भने प्राप्त गर्नु भएको छैन् । पार्टीको एउटा बफादार सिपाहीको रुपमा काम गदैं आउनु भएको राजधामीलाई यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ नं. वडाबाट वडाध्यक्ष पदको उम्मेद्वार बनाएको छ । झण्डै ५९ बर्षको उमेरमा उहाँ वडाध्यक्षको उम्मेद्वार बन्नु भएको छ ।
२०२३ सालमा जन्मनु भएका गयारामले पार्टीमा लामो योगदान दिएकै कारण र गाउँमा उहाँको लोकप्रियताका कारण पार्टीले उम्मेद्वार बनाएको छ । २०४७ सालमा अखिल नेपाल किसान संघ इलाका नं. ८ को सहसचिव भएर काम गर्नु भएको थियो । किसानको हितमा लामो समयदेखि काम गर्नु भएका गयाराम २०६६ देखि २०७७ सम्म जिल्ला कमिटी सदस्य तथा युवा परिचालनको जिम्मेवारीले पार्टीमा थप जिम्मेवार बनाएको थियो ।
२०७२ सालको भूकम्पमा ५५ जनाको टोली कमाण्डर भएर धादिङमा घर टहरा निर्माण गरेर उहाँले समाज सेवाको नमुना प्रसतुत गर्नु भएको थियो । हाल भने पार्टीको प्रदेश कमिटीमा हुनु हुन्छ ।
यति बेला उहाँ चुनावी मैदानमा हुनु हुन्छ । किसान मजदुरको घरमा पुगेर सूर्य ध्वाजावहाक चुनाव चिन्हमा मतदानका लागि उहाँ घरदैलोमा क्रियाशिल हुनुहुन्छ । उहाँका सपना त्यति ठूलो छैनन् । ६ नं. वडाका मजदुर किसानको जीवन स्तर उकार्ने, बेरोजगार जनतालाई गाउँमै स्वरोजगार बनाउने, कृषकका मल, वीउ अभाव टार्न पहल गर्ने, सिचाई व्यवस्थापन, गरिवलाई उचित शिक्षा, गाउँमै स्वास्थ्र्योपचारजस्ता आधारभूत आवश्यकता टार्न उहाँले आफ्ना मुख्य एजेण्डा बनाउनु भएको छ ।
गाउँमा धेरै युवाहरु विदेश गएका छन् । उनीहरुका लागि गाउँमा रोजगारी सिर्जना उहाँको चिन्ताको विषय छ । शिक्षित बेरोजगारहरुलाई गाउँमै बसाउने उहाँको योजना छ । यहाँको धुले सडक पिच गर्नेदेखि लिएर कृषी कर्मलाई आत्मनिर्भर बनाउन विशेष योगदान लिने उहाँ सुनाउनु हुन्छ । ‘रामधुनी नगरपालिकाका सबै वडा मध्य ६ नं. वडालाई नमुना बनाएर देखाउछु ।’–उहाँले भन्नु भयो–‘संघ र प्रदेशसँग समन्वय गरि विकास निर्माणको कामलाई तिव्रता दिने छु । विपन्न गरिवका लागि विशेष सौलियतका योजनाहरु ल्याउने छु ।’
प्रतिबद्धता पनि सार्वजनिक गर्न भएको छ । उहाँका प्रतिवद्धता यस्ता छन् ।
भौतिकपूर्वधार विकास गर्नु पर्ने कार्यक्रमहरु
१.मठ मन्दिर
क) गडिया मुसहर बस्तीदिनानाथभद्रीमन्दिरमामुर्ती राख्र्ने ।
ख) सरौनामादिनानाथभद्रीमन्दिरमामुर्ती राख्र्ने ।
ग) बॉकीग्रामथानमन्दिर निर्माणगर्ने ।
घ) विभिन्न मठ मन्दिर चर्चमर्मत सम्भारगर्ने ।
२.पक्की सडक (कालो पत्रे)
क) मैनी ढेरीगॉउ ख) सिसुवाजमुवा ग) सरौना सोनापुर घ) टेढी बहत्तरबिघा
ङ) नुनीगॉउतिसबिगे च) ढाही टोल छ) ५ वर्ष भित्र सबै सडक कालो पत्रे पिचगर्ने ।
३.पम्पापुरमा
क) गॉउको सिरानको पूर्वपटीबाट ढेरीगॉउ जाड्ने पुल र बाटो पहलगर्ने ।
ख) बाटोमा ड्रेन निर्माण गरी पानीको निकासागर्ने ।
४.खानेपानीपाईप जडान ( सरौना,ईचौल,गडिया,सोनापुर,मैनी,ढेरीगॉउ,पम्फापुर, टेढीर
बक्लौरी बजार सबै वडा बासिमापुयाउने ।
५.शैक्षिककार्य योजना ः–
क) वडा भित्रका सबै बिद्यालयको भौतिकनिर्माण गर्ने ।
ख) सबै बालबालिकाहरुलाई सरकारी बिद्यालयमाअनिवार्य पठाउनु पर्ने ।
६.स्वास्थ्य क्षेत्रमा ः–
क) इलाका स्वास्थ्यको सेवाबिस्तार,स्तर उन्नतीको लागीपहलगर्ने ।
ख) सरुवा रोग सम्बन्धि जन चेतनाकार्यक्रमल्याउने ।
ग) सरसफाईको लागी सार्वजनिक स्थलमा डसपिनको ब्यवस्थामिलाउने ।
७.बिजुलीबत्ती सबै ठाउ‘मा पुयाउने र आवस्यकता अनुसार ट्रान्सफमर परिवर्तन गरीलाईन
बिस्तार गर्ने ।
८. सिचाईको प्रबन्ध मिलाउने ।
९. पनालालचौधरी को घर देखी पश्चिम नहर सम्मपानीको निकासा गर्ने ।
१०.सदानन्द साहको घर छेउमा कलभट र रामजानकी मन्दिर छेउमा कलभट र मार्गेन
को दोकान पश्चिम टि बाटोमा कल्भट निर्माण गर्ने ।
११.एकता टोलको बॉकी रहेको कालो पत्रे सडक पुरा गर्ने ।
१२.हेल्थपोष्ट्र माथी दयारामचौधरी को घर उत्तर पर्टीको पश्चिमजाने बाटो ग्राभेल ।
१३. रपिपलको कल्भट देखीपूर्व बाटोमा माटो भरी ग्राभेल गर्ने ।
१४. हेल्थपोष्ट्र पूर्व कल्भट देखीनुनीगाउ‘ हुर्दै तिसबिगे जाने बाटो सम्मकालो पत्रे गर्ने ।
१५. वडा कार्यलय देखी गडिया सम्मजाने बाटो कालो पत्रे गर्ने ।
१६. मनमोहन स्मृतिजाने बाटो पिचगर्ने ।
१७. कुमार सिह राई को घर उत्तर पश्चिम कल्भट बनाउने ।
१८. बक्लौरी आईतवारे बजार भित्रपूर्व पटीको बाटोलाई रिङरोड बनाउने ।
१९. ड्रेनको ब्यवस्थागर्ने ।
२०. निर्माण भैसकेको बजारको शौचालय सुचारुमाल्याउने ।
२१.बजारको वरिपरी होमपाईपको डसपिन राख्र्ने ।
२२. बजारको उत्तर पटी बर पिपलको बिचमालक्ष्मी गणेश साथै राधा कृष्णको मन्दिर स्थापनागर्ने ।
क) मन्दिर वरिपरी तारजालीको बेरा गरी वरिपरी ग्रिलको बस्र्ने ठाउ‘ बनाउर्ने ।
ख) मन्दिरको छेउको कुनै स्थानमा क. पुन्य प्रसादआर्चाय र क.प्रभु नारायण चौधरी को




















प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्!