धरान /  यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरान–१३ घरदैलो अभियानमा जुटेको छ ।  नेकपा एमाले धरान १३ नं। वडा कमिटिले सोमवार विहानदेखि चुनाबी घर दैलो अभियान सुरु गरेको जनाएको छ ।  वडा पार्टी सससचिव विष्णु चौलागाईका अनुससार घरदैलो कार्यक्रम कोलेनी मार्गस्थित पार्टी कार्यलयबाट सुरु भएर जिरो पोइन्ट, जानकी चोक, देबी मार्ग, भृकुटी मार्ग, लक्ष्मी चोक, कृषि बजारहुँदै अमरहाट चोकमा पुगेर टुङगीएको थियो ।

धरान–१३ मा यसस अघि कै निर्वाचित वडाध्यक्ष नेत्र काफ्ले नै मैदानमा उत्रिनु भएको छ । १३ नं. का जनतासँग भिजेका वडाका विकास निर्माणमा भिजन भएका काफ्लेलाई वडा पार्टीको सिफारिसमा पुन उम्मेद्वार बनाएको हो । संघ, प्रदेश र उपमहानगरसँग समन्वय गरेर वडामा निकै विकास गनुृ भएका काफ्ले वडामा लोकप्रिय हुनु हुन्छ ।

काफ्लेसंगै उमेद्वारहरु महिला सदस्य सुन्दरी श्रेष्ठ, दलित महिला सदस्य उर्मिला परियार, खुल्ला सदस्यद्वय सन्तोष राई र तारा तामाङ गोले चुनाबी मैदानमा रहनु भएको छ । उहाँ बाहेक अन्य नयाँ सदस्हरु हुन ।  घर दैलो अभियानका क्रममा मतदाताहरुले निवर्तमान वडाध्यक्ष काफ्लेको कामको प्रशंसा गदै फेरी भोट खसाल्न आतुर रहेको बताउदैं आउनु भएको छ ।  घरदैलोका क्रममा मतदाताहरुले यसस पटक पुरानालाई नै निरन्तरता दिने वताएको चौलागाईको भनाई रहेको छ । 

नेत्र काफ्लेलाई भोट किन ?

कृषि वजारमा लामो समय जागिर ुसमेत खाएर प्रकासनीक काममा समेत पोख्त काफ्लेले कृषि पर्यटन लगायतको अनुभव छ । उहाँले वडाध्यक्ष बनेपछि वडा नं १३ लाई आन्तरिक पर्यटकको केन्द्र बनाउने ग िरकाम थाल्नु भएको छ । फुश्रे चोकको सौन्दर्यकरण, विपी पार्क उहाँकै पहलमा निर्माण भएका हुन् । 

उहाँले पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्नु  भएको थियो । केही अधुरा काम पुरा गर्न फेरी उहाँ जनताको अनुमोदनका लागि मैदानमा आउनु भएको छ ।  काफ्लेको नेतृत्वमा सर्दुखोला क्षेत्रमा वीपी पार्क, फ्लावर व्रिज, वाल उद्यान बनाएर आन्तरिक पर्यटकको केन्द्र बनाउनु भएको छ । 

 फुस्रे चोकमा जेष्ठ नागरिक पार्क, फुस्रेको ऐतिहासककता झल्किने खालका मुर्तिहरु निर्माण गरेर वडामा नयाँ काम गरेर गनुृ भएको छ । फ्श्रे चोक धरानको इतिहास पनि हो । कोशी राजमागृ नबन्दासम्म भोजपुर, धनकुटा, खंखुवासभामा नुन चामल, तेल बेच्चे स्थल हो । यहाँबाट डाँकारमा हालेर पहाड लगिन्थ्यो । त्यो इतिहास झल्कने र्पाक यहाँ निर्माण भएको छ ।  वडामा सडक पूर्वाधारका विकास उल्लेख्य मात्रामा भएका छन् । प्राय सबै सडक पिच बनेका छन् । केही पाइपलाइनमा भएका काम गर्न पनि काफ्ले मैदानमा आउनु भएको हो ।

वडाको तर्फबाट अन्तराष्ट्रिय साहित्यक महोत्सव कार्यक्रममा आयोजना गरेर काफ्लेको चर्चा साहित्यक क्षेत्रमा समेत उत्तिकै छ । काफ्ले वडामा विकासप्रेमी नेताको रुपमा चिनिनु हुन्छ । 

१३ नं वडाको समग्र विकास र समृद्धिको लागि काफ्लेको टीमको विकल्प नभएको र जीत ससुनिश्चित भएको नेकपा एमाले धरान १३ का पार्टी अध्यक्ष घनश्याम तिम्सिसना बताउनु हुन्छ ।