धरान  / आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं –१९ निवासी पदम इस्वो( लिम्वू)लाई उप मेयरको उम्मेद्धवार वनाएको छ 

। उनको राजनीतिक क्षेत्रमा लामो समयदेखि पार्टीमा निरन्तर निःस्वार्थ भावानाले क्रियासील रहने नेताको रुपमा परिचित छन् । पद र शक्तिमा भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता वोकेका इस्वाेलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिनिनु हुन्छ । ।२०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका  उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै  हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह– संयोजकको जिम्मेवारीमा  हुनुहुन्छ। ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट उप मेयरको लागि उम्मेद्धवार पाएसँगै उहाँको चर्चा अझै चुलिएको छ  । 

पार्टीमा योगदान मात्र होइन धरानलाई आधुनिक शहर जन सहभागितको शहर  बनाउन उहाँकाे पनि जग जाहेरै छ ।तत्कालिन धरान नगरपालिकाका मेयर मनोज मेयाङ्वोको कार्यकालसँगै  २०५४ सालको स्थानीय निकायको निर्वाचनमा उहाँ  निर्वाचित १९ नं. वडाको वडाध्यक्ष  हुनुहुन्सथ्याे ।  जनसहभागिताको शहर बनाउन मेयरलाई सहयोग गर्ने मुख्य मान्छे तीनै पदम  हुनुहुन्थ्याे । नगरको विकासमा जनताको प्रत्यक्षा सहभागिता हुनु पर्छ भनेर धरानले त्यस वेला अभियान चलाएको थियो । त्यस अभियानमा पदम लिम्बु पनि सामेल हुनुहुन्थ्याे । मेयर मेन्याङ्वो तथा लिम्बु लगायतको जोडवलमा धरानमा स्थानीयको सहभागितामा चिल्ला सडकहरु बनेका थिए । धरानलाई आधुनिक शहर वनाउने अविचिलत तत्कालिन धरान नगरका पुर्व वडाध्यक्ष समेत हुन् ।उहाँ वडाध्यक्ष भएको कार्यकाल अवधिमा नै वडा नम्बर १९ का वासिन्दाले चिल्ला सडक आफ्नै घर अगाडि पाए । जुन वडा अहिले नमुना वडाको रुपमा रहेको छ ।    

 युवा संघको केन्द्रिय नेतृत्व सम्म  

तेह्रथुम जिल्लाको आठराई गाउपालिका (साविक चुहाँनडाँडा गाविस ) मा २०४० सालदेखि राजनीतिक जीवन यात्रा शुरु गर्नु भएकाे थियाे । तेह्रथुमकै सारदा माविमा अध्ययन गर्ने क्रममा अनेरास्ववियूबाटै इस्वोको राजनीतिक जीवन यात्रा शुरु भएको हो । विद्यार्थी कालदेखि नै विद्यार्थीहरुको हक हित र अधिकारको आवाजलाई वुलन्द गर्दै अघि वढेका उहाँ विसं २०४२ सालमा महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्ययन गर्ने सिलसिलमा धरान आउनु भएकाे थियाे । क्याम्पसमा पनि अध्ययनका साथै अनेरास्ववियू सह प्रारम्भिक कमिटीमा आवद्ध रहेर नै राजनीतिक यात्रालाई थप अघि वढाउनु भयाे ।  तेह्रथुमबाट धरान आएर अध्ययन गर्ने विद्यार्थीहरुलाई पनि संगठित गर्नु भयाे ।  विसं २०४६ सालमा अनेरास्ववियू तेह्रथुम धरान सम्पर्क मञ्चको उपाध्यक्ष भएर विद्यार्थीकै हक हितमा काम गर्नु भयाे । राजनीतिमा  नेकपा एमालेको प्ररायु संघ ( राष्ट्रि युवा संघ ) सुनसरीको २ कार्यकाल अध्यक्ष भएर नेतृत् व गर्ने क्रममा जिल्ला संगठनलाई नेपालकै उत्कृष्ट जिल्ला वनाउन सफल  हुनु भयाे । तदाअनुरुप सर्वोत्कृष्ट जिल्ला २०६१ मा सुनसरीको संगठनले ११ हजार नगद सहित सम्मानित भएको थियो । युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य एवम् कोशी अन्चल इन्चार्ज , युथ फोर्स नेपालको पूर्वाञ्चल सह– संयोजक भएर राजनीति क्षेत्रको उचाईमा युवाहरु माझ आफुलाई थप स्थापित गराउँदै लानु भयाे । त्यसैगरि युवा किसान महासंघको केन्द्रिय उपाध्यक्ष , किसान महासंघको राष्ट्रिय सदस्य र सुनसरी इन्चार्ज रहेर युवा किसानहरुको नेतृत्व गरेका छन् । उहाँ यति बेला पनि युवाहरु माझ लोप्रिय हुनुहुन्छ । उहाँ २०४६ सालको जन आन्दोलनमा समेत समेत सक्रिय नेतृत्व गर्थिनु भएकाे थियाे । त्यो भुमिकाकै कारण नै इस्वोलाई प्रहरीले पक्राउ समेत गरेको थियो ।             

     वडा कमिटी सचिव हुँदै वडाध्यक्ष सम्म    

धरान १९ मा २०५१ सालदेखि नेकपा एमाले वडा कमिटीको सचिव भएर पार्टीको काममा सक्रिय भए । उहाँले २ कार्यकाल वडा सचिवको भुमिका निर्वाह गरे र पार्टीलाई थप संगठित मजवुद वनाउँदै २०५४ सालमा स्थानीय निकायको निर्वाचनमा वडाध्यक्षमा पनि विजयी हुनु भएकाे थियाे ।  वडालाई सम्मुन्नत वडा वनाएर जनताको थप मन जित्न सफल भए । उहाँ तत्कालिन समयमा धरानको कान्छो वडाध्यक्षको रुपमा समेत परिचित हुनु भयाे । आफ्नो कार्यकालयमा धरान नगरभित्र पहिलो पटक वडा समितीको आफ्नै वडा कार्यालय स्थापना गरी सन्चालन गर्ने वडाध्यक्ष समेत हुन् । त्यो वेला वडा कार्यालय धरानमा कतै पनि सन्चालनमा थिएनन् ।     

धरानको खेलकुद विकासमा अग्रणी भुमिका  

पदम इस्वो २०५५ सालमा धरान फु्टवल क्लवको संस्थापक सदस्य समेत हुन् । धरानको फुटवल खेललाई  अन्तराष्ट्रिय रुपमा परिचति गराउन महत्पुर्ण भुमिका खेलेका थिए । धरान फुटवल क्लवको विधान तथा स्वागत गीतका रचनाकार समेत हुन् ।  विसं २०६३ सालमा खेलकुद विकास समिती सुनसरीको अध्यक्ष वन्न सफल भए । उनकै कार्यकालमा कोशी अन्चल खेलकुद विकास समितीको नाममा रहेको अचल सम्पती  धरान रंगशालाको जग्गा तथा  धरान –१० को कवर्ड हलको जग्गालाई  समेत जिल्ला खेलकुद विकास समितीको नाममा ल्याएका हुन् ।  उनी भन्छन, “धरान खेलकुदको शहर तर यहाँ कुनै खेलकुदको भौतिक संरचनाहरु नहँुदा लज्जास्पद स्थित थियो, मेरो कार्यकालमा खेलकुद क्षेत्रको विकासको लागि भौतिक संरचना वनाएपछि अहिले थप सजिलो भएको छ ।”  धरानमा रहेका खेलकुदका संरचना बनाउने काममा उनको महत्वपूर्ण योगदान रहेको छ ।जिल्ला खेलकुद विकास समितिको कार्यालयमा सुचना केन्द्रको स्थापना गरेर खेलाडीहरुलाई सुचनाद्धारा जोड्ने काम समेत गरेका थिए ।  

शिक्षकदेखि कानुनी व्यवसाय सम्म 

इस्बो बहुप्रतिभाका धनी व्यक्ति हुन । हरेक क्षेत्रमा उनको योगदान तथा अनुभव रहेको छ । वि सं २०४८ सालदेखि ६ वर्ष सम्म किराँतेश्वर निमाविमा ६ वर्ष सम्म अध्यापन गराउनु भयाे । त्यसैगरि २०५१ सालदेखि ३ वर्ष सम्म महेन्द्र वहुमुखी क्याम्पस धरानमा समेत  अध्यापन गराउनु भयाे । अर्थात सामाजिक, शैक्षिक , राजनीतिक , खेलकुल लगायतको क्षेत्रमा उहाँकाे लाेमो अनुभव छ । इस्वो कानुनी व्यवसाय समेत हुन ।धरान कानुन व्यवसायी क्ल्वको संस्थापक उपाध्यक्ष समेत हुन् । २३ वर्षदेखि निरन्तर कानुनी पैरवी गर्दै आइरहेका इस्वो नेपाल बार एसोसिएन केन्द्रिय परिषदको सदस्य समेत छन् । कानुन व्यवसायको भुमिका रहँदा गरिव निवारण तथा छुवाछत विरुद्धको क्षेत्रमा निशुल्क सेवा प्रदान गर्दै आउनु भएकाे छ ।  

समृद्ध शहर वनाउने प्रतिवद्ध 

आसन्न स्थानीय तहको निर्वाचनमा उप मेयरका उम्मेद्धवार वन्न सफल वनेका इस्वोले नेकपा एमालले राष्ट्रियतको सवालमा लिएको चटानी अडान नै आम जनताले सूर्य ध्वजावाहक चिन्हमा मतदान गरेर विजयी गराउने वताउनु हुन्छ । उहाँले भन्नु भयाे, “धरानवासीको लागि म २४ सै घण्टा सक्रिय हुनेछ ,धरानको विकास , सुखी धरान र समृद्ध धरान वनाउनलाई धराने जनताको चाहना अनुसार नै जितेपछि इमान्दार भई काम गर्ने छु ।”पहिलो स्थानीय तहमा एमालेका जनप्रतिनिधीले गरेको कामले पनि धरानमा एमालले जनताको मन जित्न सफल भएको छ । उनीहरुले गरेको विकासले आज धरानको मुहार फेरिएको छ । एमाले पार्टीले राष्ट्रिय सरकारमा रहँदा गरेको सुकुम्वासीको समस्याका सन्दर्भमा ल्याएको नीति तथा कार्यक्रमलाई थप कार्यान्वयन गर्न आफु प्रतिबद्ध रहेको हुन्उछ । धरानको दिगो विकास युवाको आमुल परिर्वतन खानेपानी समस्याको समाधान , धरानलाई दुव्र्यसनमुतm वनाउने र शिक्षा, स्वास्थ्य पर्यटनको क्षेत्रका विशेष योजना वनाउने र धरानलाMay be an image of 10 people and people standingई समृद्ध शहर वनाउनको लागि कटिवद्ध रहने छु । इस्वो कानुन व्यवसायी(वकिल )  समेत भएकाले धरानको न्यायिक समितीको जिम्मेवारी सम्हाल्दा निश्पक्ष न्यायको समेत धराने जनताले आशा भरोसा गरेका छन् । सथै न्यायिक समितिबाट न्याय निरुपण गर्दा निश्पक्ष न्याय सम्पादनले धराने जनताहरु झन्झटिलो मुद्धा मामिलामा समेत सहज हुने विश्वास लिएका छन् ।